महालक्ष्मी चिनी मिलले स्थानीयलाई 'जहर' खुवाउँदै !
चिनि मिलले विना जानकारी माघ २९ गते मिलको हानिकारक रसायन नजिकको सोरम खोलामा छाडेको थियो।

२०७६ फागुन ७ बुधबार, बिहान ८:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाही स्थित रहेको महालक्ष्मी सुगर्स मिलको विष (जहर) को सिकार त्यहाँका स्थानीय सर्वसाधारणहरु हुँदै आएको छ ।
सर्लाहीको गोडैता नगरपालिकाको बगदह स्थित रहेको महालक्ष्मी सुगर्स प्रा.लि. ले विषालु हानिकारक रसायन स्थानिय खोलामा विर्सजन गर्दा माछाहरु मर्न थालेपछि स्थानियवासी चिन्तित हुन पुगेको छ।
चिनि उधोग सञ्चालन भएसंगै वायु तथा ध्वनि प्रदुषणको चरम मार खेपिरहेको स्थानियवासीलाई नजिकको एक मात्र खोलामा हानिकारक रसायनको कारण माछा तथा पानीमा भएको सुक्ष्म जिव मर्न थालेपछि स्थानियवासीहरुको दिनको चैन र रातको निन्द हराएको स्थानिय सिमरा भगवतीपुर निवासी जयनारायण पटेलले बताए।
एक दर्जन भन्दा बढी गाउँहरुसंग सिमाना जोडिएको सोरम खोलामा स्थानियवासीहरु गाईभैंसीलाई नुहाउने, पानी खुवाउने, कपडा धुने, खेतिपातीमा सिँचाई गर्ने, माछा मारेर खानुको साथै दिनहुँ भारी संख्यामा बालबालिकाहरु नुहाउदै आएको थियो ।
तर, चिनि मिलको विषालु रसायनको कारण माछाहरु मर्न थालेपछि गाईभैंसीलाई पानी खुवाउने, खेतिपातीमा सिँचाई गर्ने देखि लिएर खोलामा माछा खाँदा तथा रसायनयुक्त पानीमा बालबालिकाहरु नुहाउदा जनस्वाथ्यमा गम्भिर असर पर्ने देखि लिएर स्थानीयवासी चिन्तित देखिन्छ।

खोला सिमरा भगवतीपुर शेरा बजार नजिकै भएर बग्ने भएकोले रसायनयुक्त पानीको गन्धले बजारको जनजीवन प्रभावित भएको शेरा बजारमा महाकाल ट्रेडर्सको पसल सन्चालक संजीव कुमार यादवले बताए।
खोलामा भएको रसायनयुक्त पानीको कारण वरिपरिको वातावरण दुर्गन्धमय बन्न पुगेपछि बजारमा आउने उपभोक्ताको भारी संख्यामा कमि आएको पसल सन्चालक यादवले दुख व्यक्त गरे।
बजार वरिपरि गन्ध फैलिएको कारण दिनभरी पसल खोलेर बस्ने वातावरण समेत नरहेको अर्को स्टुडेन्ट टेलर्सको सन्चालक दिनेश साहले बताए। खोलामा रसायनयुक्त पानी छाडेपछि बजारमा लामखुट्टेको संख्यामा पनि वृद्धि भएको साहले आरोप लगाए।
मिलको विषालु रसायन विना जानकारी खोलामा छाडेपछि २ लाख बराबरको माछा मरेको चालु आर्थिक वर्षको लागि खोला ठेक्का लिएको गोडैता नगरपालिका वार्ड नं. २ जयपुरको ठेकेदार सम्भु मुखियाले बताए।
चिनि मिलले विना जानकारी माघ २९ गते मिलको हानिकारक रसायन नजिकको सोरम खोलामा छाडेको थियो। मिलको विशालु रसायनको खोलाको माछा मर्न थालेपछि भारी संख्यामा स्थानियहरु माछा समातेर लगेको थियो।
स्थानियवासीहरु खोलामा माछा समात्न थालेपछि एक जना नजिकको व्यक्तिले आफुलाई फोन गरी जानकारी गराउँदा आफु घटनास्थलमा पुगेको ठेकेदर मुखियाले बताए।
मुखियाले चालु आर्थिक वर्षको लागि मात्र २७ हजारमा ठेक्का लिएको थियो तर मिलले गैरकानुनी रुपमा विना जानकारी रसायनयुक्त पानी खन्याउदा माछा मरेको तथा खोलाको माछा खाने योग्य समेत नभएपछि आफुलाई ठूलो घाटा लागेको मुखियाले दुख प्रकट गरे।
मरेको माछाको क्षतिपूर्ति मिलसंग तिर्न लगाउने गोडैता नगरपालिकाको मेयर देवेन्द्र यादवले जानकारी दिनुभयो। मिलबाट निस्केको पानी प्रशोधन गरेर मात्र खोलामा छोडने नियम रहेकोमा मिलले कानुन विपरीत रसायनयुक्त पानी खोलामा छाडेको आरोप लगाउदै मिललाई कानुनको दायरा भित्र ल्याई कडा भन्दा कडा कर्वाही गरिने मेयर यादवले बताए।
मिलको पानी प्रशोधन गर्न ४ करोडको प्लान्ट बनाउनु पर्ने हुन्छ। पानी प्रशोधन गर्न मिलको ठुलो बजेट खर्चा हुने भएकोले स्थानीय पहुँच भएको व्यक्तिहरुलाई थोरै रकम खुवाएर मिलले रसायन प्रशोधन प्लान्ट नबाउने दाउमा रहेको जानकारीहरुको कथन रहेको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…