जनकपुरमा राष्ट्रिय स्तरको कब्बडी टुर्नामेन्ट हुने
प्रतियोगीताको समय, तालिका र स्थान छिट्टै सार्वजानिक गरिने समेत आयोजकले जनाएको छ ।

२०७६ फागुन ६ मंगलबार, राति ९:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा राष्ट्रिय स्तरको भब्य कब्बडी प्रतियोजिता आयोजना हुने भएको छ ।
जिल्ला कब्बडी संघ धनुषाको आयोजनामा आउँदो चैत महिनामा जनकपुरधाम स्थित तिरहुतिया गााछी मैदानमा राष्ट्रिय स्तरको पहिलो भब्य कब्बडी प्रतियोगीता आयोजनाको गृहकार्य थालिएको जिल्ला कब्बडी संघ धनुषाका अध्यक्ष सरोज सिंहले बताएका छन् ।
नेपालमा करिव २०३६ सालवाट आधिकारिक रुपमा कब्बडीको सुरुवात धनुषावाटै सुरु भएको र इतिहाँस अनुसार कब्बडी प्रतियोगीता लोकप्रिय बन्न नसकेकाले जनकपुरधाममा राष्ट्रिय स्तरको कब्बडी प्रतियोगीताको आयोजना गर्न लागिएको पुर्व राष्ट्रिय खेलाडी तथा राष्ट्रिय अमपायर मनोज सिंह दनुवारले बताए ।
प्रतियोगीतामा ७ वटै प्रदेशका प्रदेश स्तरीय टिम तथा चारवटा विभागीय टिम गरि कुल ११ वटा टिमको सहभागीता गराउनका लागि सम्बन्धित टिम र कब्बडी संघको केन्द्रिय समितिसंग समेत छलफल भइरहेको बताइएको छ ।
समय अनुकुल मिलाएर प्रतियोगीताको आधिकारिक घोषणा गरिने समेत पुर्व राष्ट्रिय खेलाडी अनुवारले बताए । प्रतियोगीतामा राष्ट्रिय अन्तराष्ट्रिय अमपायरहरुको समेत सहभागिता रहने छ ।
प्रतियोगीताको समय, तालिका र स्थान छिट्टै सार्वजानिक गरिने समेत आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…