जमिन्दारको बन्दुक खोसियो !
बन्दुकको लाईसेन्स भएपनि आम नागरिक उपर बन्दुक देखाउन वा तेर्साउन नपाउने प्रावधान रहेको छ ।

२०७६ फागुन ६ मंगलबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । गत शनिबार सिरहाका एक जमिन्दारले सुकुम्बासी वस्ती खाली गराउन बन्दुक तेर्साएपछि माहौल तातियो ।
सिरहाको मिर्चैया नगरपालिका–५ मा रहेका सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेपछि खैलाबैला मच्चिएयो । पियुठमा बन्दुक बोकेर भूमाफियाले जग्गा खाली गराउन गएपछि वस्तीमा त्रास मच्चिएको थियो ।
सोही समयमा पुगेको सिरहा प्रहरीले उनलाई नियन्त्रणमा लिएर बन्दुक खोसे । बन्दुकको लाईसेन्स भएको वा नभएको त्यतिबेला पुष्टि गर्ने अवस्था नरहेको भन्दै सिरहा प्रहरीले तत्कालै जमिन्दारलाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि प्रहरीमा लगिए ।
मिर्चैयाका डिएसपी सन्तु जयसवारका अनुसार सिरहा मिर्चैया वडा नं. ५ बस्ने बीरेन्द्र साहलाई बन्दुक सहित पक्राउ गरी अनुसन्धानको लागि राखियो । सोही क्रममा जमिन्दार साहले आफूसँग बन्दुकको लाईसेन्स भएको बताए । जिल्ला प्रहरी कार्यालय सिरहाले समेत साहसँग बन्दुकको लाईसेन्स रहेको पुष्टि गरेको छ ।
साहले सुकुम्बासी उपर तेर्साएको बन्दुकको लाईसेन्स सहित बन्दुक समेत जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । प्रहरीका अनुसार बन्दुकको लाईसेन्स देखाएकोले जिल्ला प्रशासन कार्यालय सिरहाबाट उनलाई तारिखमा रिहा गरीएको छ । बन्दुकको लाईसेन्स भएपनि आम नागरिक उपर बन्दुक देखाउन वा तेर्साउन नपाउने प्रावधान रहेको छ ।
भूमाफिया मिर्चैया नगरपालिका–५ का वीरेन्द्र साह पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया–५ को उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन दुई नाले बन्दुकसहित पुगेका थिए ।
उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायतका जाति बस्दै आएका छन् । भूमाफिया साह दुई नाले बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएर नियन्त्रणमा लिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…