जनकपुरः महिला उपर गैंग रेप !
उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

२०७६ फागुन ५ सोमबार, दिउँसो १:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा एक महिला उपर सामुहिक बलात्कार (गैंग रेप) भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, एक महिला उपर सामुहिक बलात्कार भएको हो । सोही आरोपमा प्रहरीले दुई जना पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा प्रदेश नं. २ को महोत्तरी जिल्लाको औरही गाउँपालिका वडा नं. ७ का र अर्का भारत विहार राज्यको मधुवनी जिल्लाको कलुवाहीका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, आईतबार बेलुकी करिब ७ बजेदेखि ११ बजेको बीचमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ विश्वकर्मा चोक स्थित बलात्कारको घटना भएको जानकारी दिएको छ । दुवै जनालाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
पक्राउ पर्नेहरुमा महोत्तरीको औरही गाउँपालिका वडा नं. ७ बस्ने अन्दाजी बर्ष २५ का नरेश महतो र भारत विहार मधुवनी जिल्ला कलुवाहीका अन्दाजी बर्ष ४९ का राघवेन्द्र सिँह रहेका छन् । उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
यता, बलात्कार भएको भनिएकी महिलालाई स्वास्थ्य परीक्षण (चेकअप) को लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जनाइएको छ । “घटना कसरी भयो बारे अहिले थाहा भएको छैन, कसरी महिला यीनीहरुको गिरफ्तमा आयो वा के भयो भनेर अहिले खुलेको छैन, उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ जारी छ । थप केही भए हामी भन्छौं ।– प्रहरी प्रवक्ता रामेश्वर कार्कीले भने ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…