फेसबुकमा प्रेमिकालाई 'Goodbye' भन्दै किन कोशीमा हामफाले यी युवक ?
सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले अहिले बेपत्ता उनको खोजी भईरहेको छ ।

२०७६ माघ २८ मंगलबार, राति ९:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ईटहरी । आफ्नी प्रेमिकालाई फेसबुकमा गुडबाय लेख्दै सप्तकोशी (कोशी नदि) मा एक युवक हामफालेका छन् ।
१० बर्षदेखि प्रेम सम्बन्धमा भएकी प्रेमिकाले अर्कैसंग बिहे गरेको फेसबुकमा लेख्दै इटहरीका एक युवाले सप्तकोशीमा हाम फालेका छन । सुनसरी वराहक्षेत्र १ स्थित सप्तकोशी पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका हुन । इटहरीका राजेश बानियाँले आज (मँगलबार) करिब ४ बजेतर्फ पुलबाट कोशीमा हाम फालेका हुन् ।
प्रत्यक्ष दर्शीका अनुसार उनी बिहान देखि नै बाइकमा ओहोर दोहोर गरिरहेका थिए । कोशीमा हाम फाल्नुअघि उनले फेसबुकमा केही तस्वीरसहित स्टाटस लेख्दै भनेका छन् :
‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विना कारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन, आसा छ सबै खुसी तिमीले पाउने छौ । गूड बाइ इसु, आशा छ तिमीले मलाई माफ गर्ने छौ ।"
कोशी पुल माथि आँफूले चलाएर आएको रातो रङको को ३७ प ७ नम्बरको बुलेट बाईक र बाईकको बिल बुक राखेर कोशीमा हा¥म्फालेको स्थानीयले बताए । हाम फाले लगत्तै सशस्त्र प्रहरी चतरा ,इलाका प्रहरी चतराका सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।
सशस्त्र प्रहरी चतराका प्रमुख अशोक न्यौपानेको टोलीले अहिले बेपत्ता उनको खोजी भईरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…