भारत आउँदै अमेरिकी राष्ट्रपति ट्रम्प
न्यूज ब्यूरो, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउने भएका छन् । भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५ (फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुनेछन् । अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुनेछिन् । भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछ

२०७६ माघ २८ मंगलबार, दिउँसो ४:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत आउने भएका छन् ।
भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५ (फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुनेछन् । अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुनेछिन् ।
भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् । अमेरिकी सरकारको तर्फबाट जारी गरिएको बयानमा अघिल्लोहप्ता राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी भयो ।
भ्रमणको दौरान दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…