गैर मधेसी सँघ युएईद्धारा मधेसी मिलन तथा वनभोज
सँतोष ठाकुर, दुबई, २९ पुस । गैर आवासीय मधेसी सँघ (Non-Resident Madheshis Association, NRMA U.A.E.) युएईले खाडी मुलुक सउदीमा मधेसी मिलन समारोह तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । दुबईको जबिल पार्कमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । दुबईमा छरिएर रहेका मधेसी मुलका नेपालीहरुले उक्त कार्यक्रममा सहभाग

२०७४ पुस २९ शनिबार, राति ८:१७ बजे१ मिनेट पढाइ

सँतोष ठाकुर, दुबई, २९ पुस ।
गैर आवासीय मधेसी सँघ (Non-Resident Madheshis Association, NRMA U.A.E.) युएईले खाडी मुलुक सउदीमा मधेसी मिलन समारोह तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
दुबईको जबिल पार्कमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
दुबईमा छरिएर रहेका मधेसी मुलका नेपालीहरुले उक्त कार्यक्रममा सहभागीता जनाएका थिए ।
मिलन समारोह तथा वनभोज कार्यक्रममा ५ सय बढी मधेसी समुदायका युवाहरु सहभागी भएको जनाइएको छ ।
मधेससँग जोडिएका युएई को विभिन्न सँघसँस्थाहरुमा मुस्लिम समाज, मिथिला समाज, मिथिला बचत सँस्था लगायतका प्रतिनीधिहरुको बाक्लो सहभागीता रहेको थियो ।
गैर आवासीय मधेसी सँघको अन्तराष्टिय समितिका अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार ईन्जिीनीयर बसन्त कुमार कुशवाहाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस उपर चर्चा परिचर्चा गरिएको थियो ।
मधेस उपर वरिष्ठ सल्लाहकार डा. रविन्द्र कुमार यादवले समेत आफनो मनतव्य राखेका थिए ।
कार्यक्रममा सँघकी युएई उपाध्यक्ष डा. बोबी सिँह यादव तथा केन्द्रिय सदस्य खुसबु साहद्धारा सँयुक्त रुपमा स्वागत मनतव्य राखिएको जनाइएको छ ।
कार्यक्रमलाई भोगेन्द्र राज साह, जगनारायण मण्डल र प्रभात राय भटटले पालैपालो सँचालन गरेका थिए भने खेलकुद सँचालकको भूमिकामा ईन्जिनीयर अमित कुमार शर्माद्धारा विभिन्न प्रकारको मनोरञ्जनात्मक तथा रोचक खेल सहित गीति कार्यक्रमहरु समेत गराइएको थियो ।
कार्यक्रमको लागि विनोद पासवानले टिकट व्यवस्थापनको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गरेका थिए भने मदन यादवले चिया नास्तको प्रबन्ध गरेका थिए ।
सँघका युएई अध्यक्ष ईन्जिीनीयर सँजय कुमार कर्णे सहभागीहरुलाई नव वर्षको शुभकामना तथा नेपालीहरुको पर्व माघे सँक्रान्तिको अवसरमा समेत शुभकामना आदान प्रदान गरे ।
कर्णले सँघसँग आवद्ध सम्पूर्ण मधेसीलाई सँगठित भएर रहनुपर्ने औल्याउँदै आगामी दिनमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिने वक्तत्व दिएको सँघका उपाध्यक्ष जगनारायण मण्डलले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…