दिल्ली विधानसभा चुनाव : मतदान सम्पन्न, कसले कब्जा गर्ला सत्ता ?
दिल्लीमा सरकार बनाउन कूल ७० सिटमध्ये ३६ सिट जित्नुपर्नेछ ।

२०७६ माघ २५ शनिबार, दिउँसो १:५९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा आज (शनिबार) विधानसभाको चुनाव सकिएको छ ।
दिल्ली सरकारको कार्यकाल यही फेब्रुअरी २२ तारिखमा सकिने भएकाले मतदान भएको हो । बिहान ८ बजे सुरु मतदान साँझ ६ बजेसम्म भएको बीबीसीले जनाएको छ ।
मदतानको परिणाम २ दिनपछि आउनेछ र त्यहाँको सत्ता कसको हातमा जानेछ भन्ने टुङ्गो लाग्नेछ । दिल्लीमा सरकार बनाउन कूल ७० सिटमध्ये ३६ सिट जित्नुपर्नेछ ।
यसअघिको चुनावमा भ्रष्टाचारविरोधी आन्दोलनकारीहरूले स्थापना गरेको एउटा नयाँ दल आम आदमी पार्टीले दिल्ली विधानसभाका लगभग सबै सिट जितेकाले यो चुनावलाई निकै महत्त्वसाथ हेरिएको छ । दिल्ली विधानसभामा कूल ७० सिट छन् । सन् २०१५ मा भएको निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो ।
यसपटक चुनावी मैदानमा कूल ६७२ उम्मेदवार छन् । तर दिल्लीको सत्ताधारी आम आदमी पार्टी, केन्द्रको सत्ताधारी भारतीय जनता पार्टी भाजपा र विपक्षी कङ्ग्रेसबीच त्रिपक्षीय भीडन्त हुने विश्लेषण गरिएको छ ।
आम आदमी पार्टी दोस्रो पटक पनि सत्ता हत्याउने कोसिसमा छ । बीबीसीका अनुसार लगातार तीनपटक दिल्लीको सत्तामा रहेको कङ्ग्रेस पनि पुनस् आफ्नो विरासत फर्काउने प्रयासमा छ । केन्द्रको सत्ताधारी भाजपाले पनि सत्ता हत्याउन सम्पूर्ण शक्ति लगाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…