तल्लो जात भएर माथिल्लो जातसँग विहे गर्ने ? भन्दै 'राम' परिवार उपर आक्रमण !
आक्रमण भएको ठाउँ गाउँ नजिकै भएकाले विवादको आवाज सुनेपछि भारी संख्यामा स्थानीयवासी भेला भएको थियो।

२०७६ माघ २३ बिहीबार, बेलुकी ७:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा माथिल्लो जातको केटीसंग अन्तरजातीय प्रेम विवाह गरेको दलित केटाको परिवारमाथि विपक्षीले आक्रमण गरेको छ।
भारतीय बजार मेजरगंजबाट घरायसी दैनिक उपभोगको सामान किनेर साँझमा घर फर्कदै गर्दा विपक्षीले दलित केटाको काका माथी ज्यान मार्ने उदेश्यले आक्रमण गरेको पीडित सिकिन्दर रामले बताए।
आफनो छोरी भगाएको आक्रोशमा भारतीय बजारबाट साँझमा फर्कदै गरेको मौका छोपी केटीको बुबा सिताराम साह तेलि, भाई रविन्द्र कुमार साह, प्रेमलाल साह उर्फ हरि साह तेलि सामुहिक रुपमा गाउँको चौरमा आफन्तको सहयोगमा आक्रमण गरेको थियो।
आक्रमण भएको ठाउँ गाउँ नजिकै भएकाले विवादको आवाज सुनेपछि भारी संख्यामा स्थानीयवासी भेला भएको थियो। स्थानीयवासीको सहयोगमा पीडित सिकिन्दर रामलाई उद्वार गरिएको थियो। स्थानीयवासी समयमा नपुगेको भए कुनै अनहोनी घटना हुन सकिन्थ्यो भनेर बताए ।
किन भयो आक्रमण ?
यो घटना सर्लाही जिल्लाको दक्षिण पश्चिम भु–भागमा अवस्थित बिष्णु गाउँपालिकाको हो। बिष्णु गाउँपालिका वडा नं. ३ मधुवन गोठ निवासी स्वर्गीय राजेन्द्र रामको छोरा विवेकानन्द राम सोही ठाउँको सिताराम साह तेलिको २२ वर्सिय छोरी सुनिता साहसंग विगत लामोसमय देखि प्रेम सम्बन्धमा बस्दै आएका थिए।
दुवै बिच भएको प्रेम सम्बन्ध विस्तारै( विस्तारै सुनिताको परिवारलाई थाहा भइहाल्यो । सुनिताको परिवारलाई थाहा भएपछि नियमित रुपमा दलित केटालाई बिर्सनको लागि शरिरिक तथा मानसिक यातना दिन थाले। सुनिताले जस्तोसुकै परिस्थिति आएपनि एक अर्कालाई छाडेर नबस्ने जिदमा अडिग रहिन।
दुवैजना पुष २५ गते गाउँबाट निस्कि धनुषाको जिल्लाको जनकपुरमा पुगेर माघ ६ गते राजदेवी मन्दिरमा विधिपुर्वक अन्तरजातीय विवाह बन्धनमा बाँधिन पुगे तर पैसा र राजनीतिक पहुँचको आडमा केटी पक्षले छोरीको अपहरण गरेको स्थानीय प्रहरी चौकीमा निवेदन दिएर घरका अन्य सदस्यहरुलाई पक्राउ गराई शरिरिक तथा मानसिक यातना दिन लगाएको दलित केटाको दाई पीडित सचितानन्द रामले बताए।
उनीहरुको बिचको सम्बन्ध छुट्याउन धाक(धम्की दिनुको साथै परिवारमा माथी पटकपटक आक्रमण गर्न पुगेपछि माघ १७ गते सदरमुकाम मंलगवा स्थित राष्ट्रिय दलित समाज कल्याण संघको कार्यलयमा अधिकारकर्मी साथीहरूको रोहवरमा पत्रकार सम्मेलन गरि न्यायको लागि गुहार गर्न पुगेको थियो।
छोरीले घर छाडेर गएको केही दिन पछि विपक्षीहरु केटाको दाइ सच्चिनानन्द राम, उनको भिनाजु पवन कुमार रामलाई प्रहरी लगाएर प्रहरी चौकी मधुवनगोठमा दुइदिन सम्म थुन्न लगाई पछि पवनको बुबा रामवचन राम र मंजु रामको रोहवरमा केटाकेटी दुवैजनालाई माघ १८ गते भित्रमा जिल्ला प्रहरी कार्यालय मलंगवामा हाजिर गराउने सर्तमा जमानतमा छाडेका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…