दारु भठ्ठी सँचालन गर्न दिन प्रहरी यसरी उठाउँछन महिनबारी !
उनले अवैद्य भठ्ठी सँचालनको लागि आफू उपर लगाएको आरोप निराधार रहेको बताएका छन् ।

२०७६ माघ २३ बिहीबार, बिहान १०:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा अधिकांश अवैद्य दारु (रक्सी) भठ्ठीहरु प्रहरी प्रशासनकै आडमा सँचालनमा रहेको देखिएको छ।
सिरहाको बिष्णुपुरमा रहेका दर्जनौ अवैध रक्सी भठ्ठि प्रहरीकै आडमा संचालनमा रहेको देखिएको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुृरका इन्चार्ज सुरेश खेरवारले खुल्लेआम रकम असुली गर्दै आइरहेको स्थानीयहरु बताउँछन् ।
बिष्णुपुरमा रहेको अवैध भठ्ठि र मदिरा पसलको बिगबिगि रहेपनि खुल्लेआम ईन्चार्ज यादबले मासिक रुपमै असूली गर्दै आईरहेको नाम नखोल्ने शर्तमा एक स्थानीले जानकारी दिएका छन् । उनले मासिक रुपमा तिन हजार देखी पैतिस सय सम्म रकम असूली गर्ने गरेका छन ।
उनले मासिक रकम नबुझाए पछि जिल्लाको टोली मगाई पसल बन्द गराउने समेत धम्की दिने गरेका छन । ईन्चार्ज खेरवार आएदेखी स्थानीय एक पिडितका अनुसार उनले भठ्ठि मात्र होइन घरायसी प्रयोजनका लागि ल्याउने गरेका किरानाको सामग्री अपाङ्ग समेतबाट रमक लिने गरेका छन ।
ईन्चार्ज खेरबारले आफु मातहत रहेका प्रहरीलाई रकम असूली गर्न लगाँउछन पछि नआए आफु पनि फोन गरेर नै बोलाउने गरेको आरोप लगाइएको छ । यता, यस सभन्दर्भमा इन्चार्ज खेरवारले आफु त्यस्तो कार्य नलागेको दावी गरेका छन् ।
उनले अवैद्य भठ्ठी सँचालनको लागि आफू उपर लगाएको आरोप निराधार रहेको बताएका छन् । भठ्ठी सँचालन गर्न नदिएपछि सँचालकहरुले नै मिलेर यस्तो निराधार आरोप लगाएको हुन सक्ने बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…