कोरोना भाईरस– धनुषा प्रशासन अलर्ट !
यसका साथै, महोत्तरीको १३ स्थानमा हेल्प डेक्स राखिएको छ ।

२०७६ माघ २२ बुधबार, बेलुकी ६:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अति खतरनाक मानिएको कोरोना नामक भाईरसको चेकजाँचको लागि सीमावर्ती क्षेत्रमा हेल्प डेस्क सुरु गरिने भएको छ ।
धनुषाको भारतीय नाकासंग ओहोर दोहोर हुने प्रमुख नाकाहरुमा कोरोनाको निगरानी एवं चेक जाँचको लागि हेल्प डेक्स स्थापना गर्ने निर्णय भएको हो । सो क्रममा धनुषा प्रशासनले भाईरसलाई मध्यनजर गर्दै धनुषाको जटही नाकामा हेल्प डेस्क राख्ने निर्णय गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको बैठकबाट धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले जटही नाकामा नगरपालिका, प्रादेशिक अस्पताल जनकपुर तथा सशस्त्र प्रहरीको सहयोगमा हेल्प डेस्क सँचालनको निर्णय गरिएको हो । नाकाबाट ओहोर दोहोर गर्ने सर्वसाधारणहरुलाई उक्त डेस्कमा चेकजाँच गरिने भएको छ ।
धनुषाका प्रजिज (सिडिओ) कनेलको नेतृत्वमा प्रहरी प्रमुख रमेश बस्नेत, सशस्त्र प्रहरीका एसपी राजेश उप्रेती, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिडेन्टेन्ट नागेन्द्र प्रसाद यादव लगायतका सरोकारबालाहरुको सँयुक्त बैठकबाट हेल्प डेस्क सँचालन गर्ने निर्णय गरेको हो ।
यसका साथै, धनुषा प्रशासनले धनुषाको सबै विद्यालयहरुमा कोरोना भाईसर सम्बन्धी जनचेतनात्मक कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । बालबालिकाहरुलाई यसबाट बच्नको लागि प्रशिक्षण समेत दिइने निर्णय गरिएको हो ।
धनुषाको जटही नाकालगायतको सिमावर्ती क्षेत्रमा पनि प्रदेश २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा हेल्प डेक्स राख्ने निर्णय भएको छ । यसका साथै, महोत्तरीको १३ स्थानमा हेल्प डेक्स राखिएको छ ।
चिनमा खाना पकाउने भारतको विहार राज्यको सितामढी जिल्लाको चरौत निवासी एक युवामा कोरोना भारइसको लक्ष्ण देखिएकाले उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ ।
जनकपुरधाममा पनि चीनमा अध्ययनरत रहेका केही बिद्यार्थीहरु चिनबाट भागेर आएकाले प्रहरीले त्यस्ता विद्यार्थीहरुलाई खोजेर उनको स्वास्थ्य अवस्थाबारे बुझने प्रयास गरिने भएको छ । तर अहिलेसम्म जनकपुरमा त्यस्ता कुनै विरामी फेला परेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…