मातृका प्रसाद यादव को 'न्यानो' अभियान (फोटो फिचर)
जनकपुरधाम, २७ पुस । नेकपा एमाओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व मन्त्री मातृका प्रसाद यादव ले शितलहरमा न्यानो अभियान थालेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा विजयी भएका यादव विगत कही दिनदेखि चलेको शितलहर तथा अत्यधिक चिसोलाई मध्यनजर गर्दै उक्त क्षेत्रका दलित, अति गरिब र व

२०७४ पुस २७ बिहीबार, बेलुकी ७:४९ बजे२ मिनेट पढाइ

जनकपुरधाम, २७ पुस । नेकपा एमाओवादी केन्द्रका प्रभावशाली नेता एवम् पूर्व मन्त्री मातृका प्रसाद यादवले शितलहरमा न्यानो अभियान थालेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभामा विजयी भएका यादव विगत कही दिनदेखि चलेको शितलहर तथा अत्यधिक चिसोलाई मध्यनजर गर्दै उक्त क्षेत्रका दलित, अति गरिब र विपन्न परिवारलाई न्यानो स्वपरु कम्बल वितरण अभियान सुरु गरेका छन् ।

विहिबार धनुषाको निर्वाचन क्षेत्र नं. १ को कोठिया पटेर्वामा रहेका विपन्न एवम् अल्पसँख्यक दलित परिवारलाई कम्बल वितरण गरिएको छ ।
स्वीस सरकारको सहयोगमा प्रदान गरिएको मोटो कम्बल प्रति परिवार एक जनालाई तत्काल उपलब्ध गराइएको हो ।

कोठीयामा यादवले स्वयमँ उपस्थित भई ३६ जना, सबैला नगरपालिका वडा नं. १ र २ बरकुर्वामा ४९ परिवार तथा बल्टीया कोठियामा ३८ परिवार सहित अन्य ठाउँमा समेत कम्बल वितरण गरेका छन् ।

अभियान अन्तर्गत प्रथम दिन उक्त क्षेत्रको केही स्थानीय तहका दलित वस्तीमा कम्बल वितरण गरिएको छ भने ५ हजार कम्बल वितरण गर्ने अभियान रहेको यादवले बताए ।
कम्बल वितरण कार्यक्रम पश्चात् सँचारकर्मीहरुसँग कुराकानी गर्दै साँसद यादवले वर्तमान सरकारको कुनै विश्वास नभएको तथा आफनो क्षेत्रका जनताहरुको पीडााई मध्यनजर गर्दै केही हदसम्म न्यानो बाँडने प्रयास मात्र गरेको बताए ।

न्यानो कम्बल पाएपछि दलित वस्तीका मुसहर समुदायको मुखमा असाध्यै मुस्कान छाएको देखियो ।
एक परिवार एक कम्बल कम भएपनि उनीहरुले यस्तो न्यानो कुनै नेताबाट पहिलो पटक नै पाएको सुनाए ।
यादवले एक अर्को प्रसँगमा बोल्दै, "जाडोले मान्छेको मृत्यू हुँदैन, गरीब र भोकमरीले हुन्छ, यदि जाडोले मृत्यू हुन्छ भने अहिले पनि हजारौँ मान्छे हिमाल चढछन्, त्यस्तो होईन, यहाँ मृत्यू मात्र गरिबीको कारण हो । हामी समृद्धिको बाटो अपनाउने तर्फ ध्यान दिदै छौ, प्रयास जारी छ , अहिले एक परिवार एक कम्बल त हातीको मुखमा जीरा झैँ भयो, तर पनि केही हदसम्म न्यानो बाँडने प्रयत्न गरेको छु, आसा छ सफल होला" ।

अहिले एक परिवार एक कम्बल अभियान भएपनि पछि आवश्यक जती न्यानो कम्बल र बाँकी अति आवश्यक वस्तुहरु समेत प्रदान गर्ने प्रतिवद्धता यादवले जनाए ।
अति पिछडीएको क्षेत्र जस्तो भएको यी स्थानहरुमा सहयोगी हातहरुको खाँचो औल्याउँदै यादवले अबको सम्पूर्ण जिम्मेवारी आफूमाथि रहेको बताए ।

सरकारको सहयोगको प्रतीक्षामा आफनो जनतालाई त्यतिकै नछाडने थपे ।
बाँकी ठाउँहरुमा समेत भोली कम्बल वितरण अभियान जारी राख्ने बताए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…