Green Tea पिउनुका १० चमत्कारिक फाईदा
यसले दिनभरी तन्दुरुस्त राख्नुका साथै मष्टिस्कलाई केन्द्रित गर्न मदत गर्द्छ।
२०७६ माघ २० सोमबार, दिउँसो ४:२९ बजे४ मिनेट पढाइ

चिया( Tea) :-
चिया क्यामेलिया साइनेन्सिस् प्रजातीका बोटका प्रशोधित पातहरु तातोपानीमा वा दुधमा मिसाइ बनाइने पेय पदार्थ हो । नेपालमा पानीपछि धेरै पिइने चिया हो । चियाका मुख्य तीन जात छन्: 1. चिनियाँ जात ( Camellia sinensis ) 2. आसामी जात ( Camellia assamica ) 3. क्याम्बोड जात ( Cassamica ssp. lasiocalyx ) तयारी चिया थप तीन किसिमका छन्: 1. कालो चिया (Black tea, fermented) 2. हरियो चिया (Green tea, unfermented) 3. ओलाङ्ग चिया (Olang tea, semifermented) कालो चियालाई अर्थोडक्स (पत्ति चिया) र सिटिसि (धुलो तथा दानादर चिया) गरि दुई किसिममा विभाजित गरिएको छ ।नेपालमा सिटिसि झापा जिल्लामा उत्पादन हुन्छ भने ग्रिन टि नेपालमा इलामको पशुपतिनगरमा उत्पाउन हुन्छ।
ग्रीन टी ( Green Tea ) :-
ग्रीन टी संसारको उत्कृष्ट स्वस्थ्य पेय पदार्थ हो। ग्रीन टी बिश्वमा सबैभन्दा बढी पिउने चाईनिज र जापानिज हो। यो प्राकृतिक जडिबुटी औषधि हो। ग्रीन टी पिउने चलन सर्वप्रथम चिनबाट शुरूवात भएको हो। ग्रीन टीमा पोलिफेनोल्स (polyphenols) नामक एन्टीअक्सिडेन्ट (antioxidants) , एमाईनोएसिड ( aminoacid), थियनाइन ( Theanine) , लिलोनलिक एसिड, कैफिन ( caffeine) पाउनुका साथै क्याल्सियम , म्याग्नेसियम , आइरण,कपर, जिन्क, ईत्यादी भएकोले स्वास्थ्यको लागि ग्रीन टी अत्यन्तै फाईदाजनक हो।
.jpg)
ग्रीन टी पिउनुका फायदाहरु:-
दैनिक २-३ कप ग्रीन टी पिउनाले निम्न फायदाहरु हुन्छ्न।
१)यसले उच्च रक्तचाप नियन्त्रण गर्नुका साथै मुटुरोगहरु र हृदयघातबाट बचाउछ।
२) यसले कोलेस्टेरोलको मात्रा घटाई कोलेस्टेरोल नियन्त्रण गर्द्छ।
३)यसले मोटापन ( तौल) घटाउन मदत गर्द्छ। यसमा ० क्यालोरी भएकोले हाम्रो शरीरको र पेटको बोसो १९% घटाउन मदत गर्द्छ।
४)यसले क्यान्सरको जोखिमबाट बचाउछ। यसमा antioxidants र polyphenols नामक तत्व भएकोले क्यान्सरका सेलहरुलाई नष्ट गर्ने भएकोले क्यान्सरको सेल विकास हुन पाउदैन । एक अनुसन्धानमा देखिएको धेरै ग्रीन टी खाने देशमा क्यान्सर एकदम कम देखिन्छन् ।
५) यसले ग्लुकोजको मात्रा नियन्त्रण गर्ने भएकोले टाईप -२ मधुमेह ( डाईबिटिज) रोग भएको ब्यक्तिहरुलाई एकदम फायदा पुर्याउछ।
६) यसले छाला चम्किलो ,डण्डीफोर , एलर्जी , कपाल झर्न र चाउरीपनाबाट बचाउनुका साथै छाला समन्धी विभिन्न रोगहरुबाट बचाउन मदत गर्द्छ।
७) यसले दिनभरी तन्दुरुस्त राख्नुका साथै मष्टिस्कलाई केन्द्रित गर्न मदत गर्द्छ।
८) जापानको एक अध्यनले यसमा थियनाईन ( Theanine) नामक तत्व भएकोले तनाव कम गर्नुका साथै चिन्ता र उदासिन्ता जस्ता मानसिक रोग हुनबाट ५०% बचाउछ।
९) यसमा antioxidants भएकोले विभिन्न रोगहरुसङ लडने क्षमता हुन्छ्न र विभिन्न रोगहरु लाग्नबाट बचाउनुका साथै आयु बढाउन मदत गर्द्छ।
१०) यसले मुख र दातको समस्या हुनबाट बचाउन पनि मदत गर्द्छ।
ग्रीन टी सेवन गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्छ :-
१) बिहान खाली पेटमा खानुहुदैन केही नास्ता अथवा केहि खाएर मात्र सेवन गरे स्वास्थ्यको लागि फायदाजनक हुन्छ।
२) खाना खानु १-२ घण्टा अघि र पछि गरि दिनको २/३ कप ग्रीन टी पिउनाले यसको असर राम्रो हुन्छ ।
३) रातिको खाना खाईसकेपछी सुत्नेबेलामा यो नपिउनु राम्रो हुन्छ किनकि यसमा भएको Caffeine ले निन्द्रा कम गराउन सक्छ।
४) न्यून रक्तचाप भएको ब्यक्ति र रगत पातलो गर्न Aspirin जस्ता औषधि सेवन गर्ने ब्यक्ति र दिर्घ कडा रोग भएको ब्यक्ति सेवन गर्नु परेमा चिकित्सकको सल्लाह लिएर मात्र गर्नुपर्छ ।
चिया हाम्रो शरीरको लागि कतिको फायदाजन ?

स्वास्थ्य नै सबै भन्दा ठुलो धन भएकोले सकेसम्म आजबाट दुधको चिया नै नखानु राम्रो खानै परेमा कालो चिया कम चिनी भएको १/२ कप खानुपर्छ । चियाले एसिडिटी ( गास्टृको समस्या) , भोक कम गर्ने , कलेजोलाई कमजोर पार्ने र एक कप चिनी हालेको चियामा ४० क्यालोरी भएकोले यसले मोटापा बढाउनुका साथै यसले कोलेस्टेरोल , रक्तचाप, गलुकोजको मात्रा (मधुमेह) पनि बढाउछ।
१.अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् ।
२.चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ ।
३.चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।
४.खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ । दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् ।
५.दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो ।
६.दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।
७.ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।
८.तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।
चन्द्रदेव ठाकुर
हेल्थ असिस्टेन्ट (HA), मण्डनदेउपुर नगरपालिका
काभ्रे
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
चन्द्रदेव ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…