विहानै एक वृद्ध मृत अवस्थामा फेला
बृद्धले आत्महत्या गरेको या हत्या भएको अहिलेसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको

२०७६ माघ १५ बुधबार, बिहान ९:२७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एक बृद्ध मृत अवस्थामा फेला परेको छ।
सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. २ स्थित सागरगाछि देखी मिलन चोक जाने ग्राबेल बाटोको छेउमा स्थानीयवासी ५५ वर्सिय पुर्ण बहादुर काफ्ले मृतक अवस्थमा फेला परेको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ।
मृतक व्यक्तिको मुखबाट रगत र फिज निस्केको तथा मृत अवस्थामा रहेको प्रहरीले जनाएको छ। मृतक व्यक्ति रहेको जानकारी हुनसाथ ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी नीरिक्षक सुभाष भट्टराईको कमाण्ड टोलीले मुचुल्का उठाई मृतकको लासलाई पोस्टमाटमको लागि जिल्ला सर्लाही अस्पतालमा पठाइएको हो ।
बृद्धले आत्महत्या गरेको या हत्या भएको अहिलेसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…