मेयरकपको लागि खेलाडी तयार पार्दै मेयर बरबरिया
खेलाडीहरुलाई खेल खेलाउन तथा प्रशिक्षण दिन खेलकुदका समाग्रीहरु समेत प्रदान गरिएको हो ।

२०७६ माघ १४ मंगलबार, राति ११:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया(यादव) ले मेयर कपको लागि अहिलेदेखि नै खेलाडीहरुलाई तयार पार्न थालेका छन् ।
आगामी चैत्तमा सुरु हुने शहिदनगरको मेयर कपको लागि शहिदनगरबाट खेलाडी छनौट गर्ने हेतु तथा मेयर कपमा जुधाउनको लागि अहिलेदेखि नै नगरका खेलाडीहरुलाई प्रशिक्षण सुरु गरेको छ ।
शहिदनगर नगरपालिकाका यूवाहरुको शारीरीक एवम् मानसिक रुपले पनी बलियो तथा लगनशिल बनाउनको निम्ती शहिदनगर नगरपालिकामा खेलकुद प्रति पनि ध्यान आकर्षण गराउनु भएको छ ।

उहाँले नगरपालिकाबाट फुटबलका लागि अहिलेदेखि नै युवाहरुलाई प्रशिक्षणको मार्फत तयार गर्न लागेको बतउनुभयो । न्यूज ब्यूरोसँग कुराकानी गर्दै मेयर बरबरियाले अहिलदेखि नै प्रतियोगिता गराई उत्कृष्ट खेलाडीहरुलाई खेल खेलाउन तथा प्रशिक्षण दिन खेलकुदका समाग्रीहरु समेत प्रदान गरिएको हो ।
नगरकी उपमेयर शिला देवी कापर र मुलुककै कान्छो मेयर भनेर चिनने मेयर बरबरियाले सँयुक्त रुपमा खेल समाग्री प्रदान गर्नुभएको हो । खेलाडीहरुको लागि फुटबल, जर्सी, बुट जस्ता समाग्रीहरु प्रदान गर्नुभएको छ । नगरको विभिन्न वडाका खेलाडीहरुलाई वरिष्ठ खेलाडी तथा कोचहरुद्धारा प्रशिक्षण गराइदैछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…