गैर आवासीय मधेशी संघद्धारा मधेसी मिलन
शिव कुमार पाल, कत्तार, २६ पुस । :- संसार भरी छरिएर रहेको मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (Non-Resident Madheshis (NRM) Association. (NRMA) - कतार- को आयोजनामा कतारमा मधेशी मिलन समारोह सम्पन्न भएको छ। नयाँ वर्ष र माघे सङ्क्रान्ति को अवसरमा एनआरएमए ले मधेशी मिलन समारोह सहित वनभोज कार्यक्रम

२०७४ पुस २६ बुधबार, राति १०:०८ बजे४ मिनेट पढाइ
शिव कुमार पाल, कत्तार, २६ पुस । :- संसार भरी छरिएर रहेको मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (Non-Resident Madheshis (NRM) Association. (NRMA) - कतार- को आयोजनामा कतारमा मधेशी मिलन समारोह सम्पन्न भएको छ। नयाँ वर्ष र माघे सङ्क्रान्ति को अवसरमा एनआरएमए ले मधेशी मिलन समारोह सहित वनभोज कार्यक्रम समेत गरेको छ।

गैर आवासीय मधेशी संघ कतार ले आयोजना गरेको उक्त समारोहमा कतारभरीका एक हजारभन्दा बढी मधेशीहरु सहभागी भएका थिए ।
कार्यक्रमको सुरु मै माघे सङ्क्रान्ति को विशेष तिलको लाई तथा विभिन्न पकवानहरु नास्ता को लागि व्यवस्था गरिएको थियो।

उद्घोषक- गैर आवासीय मधेशी संघ कतारका सह-सचिव दिवाकर झा ले मंच सञ्चालन गरेका थिये। कार्यक्रमको सुरु मै मधेशको राष्ट्रिय गान बजाइएको थियो । कार्यक्रम को सुरुवाती मा रामदयाल मंडलले मधेशको राष्ट्रिय गान गाये र त्यसपछि सहीद प्रति श्रद्धांजलि सबै ले १ मिनट को मौन धारण राखेको थिए ।

स्वागत मन्तब्य:- कार्यक्रममा देव नारायण यादव , रामजन्म शर्मा, मोहरम नदाफ, जगत लाल मण्डल, जय प्रकाश मधेसी, शिव कुमार पाल, रघुनन्दन यादव , सुनिल राय, नागेश्वर मह्तो, सन्तोष बिश्वास , चन्द्रविर यादव ,राकेश मैथिल ले आफ्नो मन्त्वय राखेका थिए ।
यसैगरी राकेश, रामदेव राय र गैर आवासीय मधेसी संघका सल्लाहकार ई. सुरेन्द्र नारायण यादव , ई।रविकान्त लाल कर्ण लगायतले मधेशको राजनीतिक, आर्थिक ,समाजिक, इतिहास, भूगोल को बिषयमा विचार राखेका थिए।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…