राजपाले नेकपासँग गठबन्धन होईन, दलाली गरेको छ : डा. सिके राउत
अपनी दलाली सफलतापूर्वक निभाने पर गर्व कर रहे हैं ।

२०७६ माघ १० शुक्रबार, बिहान १०:३९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय सभा चुनावमा नेकपासँग राजपाको गठबन्धनलाई दलालीको संज्ञा दिनुभएको छ ।
राष्ट्रिय सभा चुनावको नतिजा सार्वजनिक भएपछि समाजिक सञ्जाल फेसबूकमा उनले राष्ट्रिय जनता पार्टी नेपाललाई दलालको संज्ञा दिएका हुन । “जुन पार्टीलाई मधेशबाट भगाउन आन्दोलन भयो, आज त्यही पार्टीलाई जिताएर जस्न (खुसीयाली) मनाइरहेको छ”– उहाँले गर्नुभएको छ ।
उहाँले आफ्नो अधिकारिक फेसबुक पेजमा लेख्नुभएको छ– “लाल पार्टी के नेता कार्यकर्ता आज सूर्य छाप में मोहर देकर नेकपा के तुलसा दाहाल को विजय बनाने का जश्न मना रहे हैं, शुभकामना दे रहे हैं, सूर्य छाप को जिताने के लिए गर्व कर रहे हैं । अपनी दलाली सफलतापूर्वक निभाने पर गर्व कर रहे हैं ।”
मधेशवादी पार्टीले मधेशी सहिद र मधेशसँग गद्दारी गरेको पनि उहाँले आरोप लगाउनुभएको छ । उहाँले अगाडि लेख्नुभएको छ– “उधर इन दलालों के इसारे पर ही एमालेरसूर्य छाप को रोकने के लिए मलेठ में शहादत दिये सञ्जन मेहता, पिताम्बर मण्डल, आनन्द साह, वीरेन्द्र महतो और इनरदेव यादव की आत्मा कितना रो रही है, मधेश मां बिलख रही है ।
मधेशी शहिदों की बलिदानी अमर रहेगी !
मधेश जिन्दावाद था, जिन्दावाद है, जिन्दावाद रहेगा !
दलालों का नामोनिशान मिटेगा, मिटेगा, मिटेगा !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…