धनुषा प्रहरीको 'कभर्ट अपरेशन' बाट मो. अन्जारुल पक्राउ
पक्राउ गरी आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा बुझाईएको जनाइएको छ ।

२०७६ माघ ९ बिहीबार, बिहान ८:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले कभर्ट अपरेशन (गोप्य अपरेशन) को माध्यमबाट एक फरार अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले बुधबा विहान करिब ८ बजेको समयमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ स्थित लुकिछिपी बसिरहेको अवस्थामा मोहम्मद अन्जारुल हकलाई पक्राउ गरेको हो ।
हकलाई वहुविवाह मुद्दामा अपराधी ठहर भई जिल्ला क्षिरेश्वर नगरपालिका वडा नं. ०४ वस्ने बस्दै आएका उनी बहुविवाह मुद्दामा केही समय देखि फरार रहेका थिए । हक फैसला कार्यान्वयन गर्ने शिलशिलामा फरार भएकोमा उनलाई पुनः पक्राउ गर्न सफल भएको हो ।
अपराधी पक्राउ गर्ने अभियान अन्तरगत लुकिछिपी बसीरहेको अवस्थामा गोप्य ओपरेशनको माध्यमबाट पक्राउ गरी आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा बुझाईएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…