धनुषाः प्रेम प्रस्ताव राख्दै गर्दा किशोरीको दाईले देखेपछि...
निर्दोष नफँस्ने तथा दोषी कुनै पनि हालतमा उम्कन नपाउने प्रहरी इन्चार्ज केसीले बताउनुभयो ।

२०७६ माघ ७ मंगलबार, बेलुकी ६:३० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक किशोरीलाई प्रेमको प्रस्ताव राख्दै गर्दा किशोरीकी दाई (छिमेकी) ले देखेपछि एक युवकको खुट्टा भाँचिएको छ ।
किशोरीलाई प्रेम प्रस्ताव राखिरहेकै क्रममा किशोरीकी दाई अचानक आएपछि युवक डरले भाग्न खोजेपछि उनको खुट्टा भाँचिएको हो । किशोरीले प्रेम प्रस्ताव अस्विकार गरेपछि भाग्ने क्रममा युवकको खुट्टा भाँचिएको जनाइएको छ ।
धनुषाको शहिदनगर नगरपालिका–९ विर्ताकी एक १५ वर्षीया दलित किशोरी घरदेखि करिब डेढ किलोमिटर टाढा चोरामा पुगेको बेला युवकले एक्लै देखिपछि प्रेमको प्रस्ताव राखेका थिए । सोही क्रममा किशोरीकी दाईलाई देखेपछि त्यहाँबाट भाग्न सडकबाट खेतमा हाम फाल्ने क्रममा खुट्टा भाँचिएको हो ।
शहिदनगर नगरपालिका–२ चोरा कोइलपुरका अकलम नदाफले गत शनिबार दिउँसो एक बजे किशोरीलाई प्रेमको प्रस्ताव राखेका थिए । किशोरीले अस्वीकार गरेपछि नदाफले आफूलाई किशोरीकी दाईको कुटाईबाट खुट्टा भाँचिएको भनेर ईलाका प्रहरी कार्यलय यदुकूहामा निवेदन दिएका थिए ।
प्रहरीले निवेदनको आधारमा किशोरीकी दाई (छिमेकी) लाल कुमार सदालाई नियन्त्रणमा लिई थप अनुसन्धानको गर्दै पीडित युवतीलाई प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गर्दा अकमल नदाफले प्रेमको प्रस्ताव राख्दै मोबाइल नम्बर मागेको तथा उनको प्रस्ताव अस्विकार गरेको बताउँदै उनले त्यहीँ क्रममा दाइलाई देखेपछि भाग्ने क्रममा खुट्टा भाँचिएको प्रहरी समक्ष बयान दिएकी प्रहरी इन्चार्ज दिपक केसीले बताउनुभयो ।
नदाफ भाग्ने क्रममा आफैं खुट्टा भाँचिए पनि जबर्जस्ती किशोरीको दाईलाई फँसाउन खोजेपछि किशोरीको अभिभावकले नदाफ माथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीमा निवेदन दिएको खुलिएको छ । खुट्टा भाँचिएका नदाफ अहिले ललितपुरका बि.एण्ड. बि. अस्पतालमा उपचाररत छन् ।
हामीले यस विषयमा प्रहरी इन्चार्ज केसी सँग घटना मिलाउन कतैबाट दबाब आएको प्रश्नमा उहाँले भन्नुभयो–“हामीलाई कतैबाट केही दबाब आएको छैन् । हामी कसैको प्रभावमा नपरी पीडितलाई उच्च प्राथमिकता राखेर घटनालाई अनुसन्धान गरेको गरिरहेका छौं र पीडितकी अभिभावकलाई रितपुर्वक किटानी जाहेरीको लागि आग्रह समेत गरिएका छौं । कुन मिडियामा कसले के लेख्यो मलाई थाहा भएन, तर हामीलाई कुनै दबाब प्रभाव आएको छैन ।”
दुवै पक्षबाट निवेदन परेको बताउँदै उहाँले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको र निर्दोष नफँस्ने तथा दोषी कुनै पनि हालतमा उम्कन नपाउने प्रहरी इन्चार्ज केसीले बताउनुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…