नहरको साईफनमा युवकको लास
पोस्टमार्टम पछि लासलाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

२०७६ माघ ७ मंगलबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ७ स्थित रहेको नहरको साईफनमा एक युवकको लास फेला परेको छ ।
उक्त युवक मृत अवस्थामा साईफनमा मृत अवस्थामा फेला परेको जनाइएको छ । विगत एक हप्तादेखि घरबाट सम्पर्कविहिन रहेको सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. २ बस्ने गोपाल डुम्जनको छोरा ३५ वर्सिय चतुर डुम्जनको नहरमा डुबी मृत्यु भएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ।
डुम्जन मृत्यु अवस्थामा रहेको जानकारी हुनसाथ ईलाका प्रहरी कार्यलय हरिवनको प्रहरी निरीक्षकको कमाण्डमा खटि गएको टोली मुचुल्का उठाई लासलाई पोस्टमार्टमको लागि सर्लाही जिल्ला अस्पतालमा पठाएको प्रहरीले जनाएको छ। पोस्टमार्टम पछि लासलाई आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…