चोरी भएको २ घण्टामै प्रहरीले यसरी फेला पारे मोटरसाईकल
मोटरसाईकल चोरी भएलगत्तै प्रहरीलाई खवर गरेपछि २ घण्टामै फेला पारेको थियो ।

२०७६ माघ ७ मंगलबार, बिहान ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मोटरसाईकल चोरीमा सँलग्न दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका वडा नं. २ धर्मपुर बस्ने राम एकवाल रायको आफ्नै घर अगाडी पार्किंग गरी राखेको अवस्थामा चोरी भएको थियो । पार्किंग राखिएको BR 30Q 6524 भारतीय नम्बर प्लेटको मोटरसाईकल करिब१ः४५ बजेको समयमा चोरी भएको थियो । मोटरसाईकल चोरी भएलगत्तै प्रहरीलाई खवर गरेपछि २ घण्टामै फेला पारेको थियो ।
मोटरसाइकल चोरी भएको जानकारी हुनसाथ प्रहरी चौकी ब्रहम्पुरी तथा जिल्ला प्रहरी कार्यलय सर्लाहीको संयुक्त टोलिले मोटरसाइकलको खोजिलाई तिब्रता दिएको २ घण्टा १५ मिनेटमा हराएको मोटरसाइकल ब्रम्हपुरी गाउँपालिका वडा नं. २ स्थितमा फेला पारेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चोरीमा संलग्न जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ९ रामनगर बस्ने जोगेन्द्र साह तेलीको २२ वर्सिय छोरा रामप्रवेश साह र चोरीको मोटरसाइकलको पछाडी बस्ने युवकलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको जिल्ला प्रहरी कार्यलय सर्लाहीमा पठाएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…