प्रथम मिर्चैया प्रिमियर लिग शुरु : चार टिमबीच भिडन्त
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा प्रथम सगरमाथा स्कुल मिर्चैैया नगर प्रिमियर लिग प्रतियोगिता शुरु भएको छ । मिर्चैयास्थित मोहन उमाविको मैदानमा बिहीबार एक समारोहबीच लिगको शुभारम्भ गरिएको हो । मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव र खेलको मुख्य प्रायोजक सगरमाथा उमाविका सञ्चालक प्रदीप तिवारीले संय

२०७६ माघ ३ शुक्रबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा प्रथम सगरमाथा स्कुल मिर्चैैया नगर प्रिमियर लिग प्रतियोगिता शुरु भएको छ ।
मिर्चैयास्थित मोहन उमाविको मैदानमा बिहीबार एक समारोहबीच लिगको शुभारम्भ गरिएको हो । मिर्चैया नगरपालिकाका मेयर श्रवण यादव र खेलको मुख्य प्रायोजक सगरमाथा उमाविका सञ्चालक प्रदीप तिवारीले संयुक्त रुपमा खेलको उद्घाटन गरेका हुन् ।
मिर्चैयाको इतिहासमै प्रथम पटक भइरहेको प्रिमियर लिगमा चार टिम सहभागी छन् । खेल विकासको उद्देश्यले आयोजना गरिएको नगर प्रिमियर लिगमा सल्हेश टाइगर, शान्ति सनराइजर, हाइवे च्यालेन्जर्स र बजार ब्लास्टर गरी चार टिम सहभागी भएका हुन् ।
मुख्य प्रायोजक सगरमाथा स्कुल मिर्चैया रहेको क्रिकेट लिगमा सहभागी सल्हेश टाइगरको प्रायोजक सुमित्रा स्पोर्टस काठमाडौं, शान्ति सनराइजर्सको प्रायोजक एसएस अटो जोन लहान, बजार ब्लास्टरको प्रायोजक बालाजी इट्टा उद्योग र हाइवे च्यालेन्जर्सलाई सीता महेश ट्रेडर्स मिर्चैयाले स्पोन्सर गरेको छ । सहभागी चार टिममा नगर, जिल्ला तथा प्रदेशका खेलाडीहरु समावेश छन् ।
माघ २ गते बिहीबारदेखि शुरु भएको खेल माघ ८ गतेसम्म चल्ने आयोजकले जनाएको छ । खेल प्रिमियर लिगको पूर्ण अन्तराष्ट्रिय नियमानुसार हुने लिगका संयोजक अभरेन्द्र यादवले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…