दिलिपको हत्यारालाई कसैले बचाउन सक्दैन : कानुनमन्त्री यादव
प्रहरी निरिक्षक रामकुमार यादवलाई अविलम्ब निलम्वन गरी कडा भन्दा कडा कारवाही र अवैध रुपले गिट्टि बालुवा उत्खन्त बन्द गर्नुपर्ने ५ बुँदे माग अघि सारेको हो ।

२०७६ माघ २ बिहीबार, बेलुकी ७:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उत्खनन रोक्न गएका दिलीपको हत्यारालाई कसैले बचाउन नसक्ने बताउनुभएको छ ।
विहिबार दिउँसो प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पुगेर पिछडा वर्ग समाज केन्द्रीय समिति जनकपुरले मन्त्री यादवलाई ज्ञापन पत्र बुझाएपछि मन्त्री यादवले सो प्रतिक्रिया दिनुभएको हो । दिलिपको हत्यारालाई कारवाहीको माग गर्दै सो घटनामा सँलग्न सबै निकाय वा व्यक्तिहरुलाई कारवाहीको माग गरिएको हो ।
ज्ञापन पत्र बुझदै मन्त्री यादवले दिलीपको हत्यामा ठुलो व्यक्तिहरुको हात समेत रहेको आशंका जनाउनुभयो । उहाँले नेताहरु समेत दिलीपको परिवारसँग भेट गर्न जाँदा आफ्नो मान्छेको नाम हटाए मात्र जाने भन्ने गरेको बताउनुभयो । सोही क्रममा मन्त्री यादवले प्रदेश सरकारको मातहत र अधिकारको सबै कारवाही गर्नको लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
“दिलीप एक जुझारु युवक थिए, जो की पर्यावरण जोगाउनको लागि आफ्नो ज्यानको आहुति दिए । प्रदेश सरकारको तर्फबाट दिलीपको परिवारलाई राहत स्वरुप र क्षतिपूर्ति स्वरुप ५ लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ । यो घटनामा ठुला क्रसर उद्योगीहरु, माफीया डनहरु मुछिएका छन , तर यस घटनाका सबै सँलग्नहरुलाई कारवाही हुन्छ त्यसमा निश्चिन्त हुनुस् ।”– उहाँले भन्नुभयो ।
पिछडावर्ग समाजका केन्द्रीय अध्यक्ष रामकुमार महतोको अध्यक्षतामा बसेको सचिवालय समितिको निर्णय अनुसार दिलीपलाई प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषणा, दोषिलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही, परिवार जनलाई उचित छतिपूर्तिको व्यवस्था, ईलाका प्रहरी ढल्केवरका तत्कालिन प्रहरी निरिक्षक रामकुमार यादवलाई अविलम्ब निलम्वन गरी कडा भन्दा कडा कारवाही र अवैध रुपले गिट्टि बालुवा उत्खन्त बन्द गर्नुपर्ने ५ बुँदे माग अघि सारेको हो ।
सो माग उपर विचार गर्दै मन्त्री यादवले प्रदेश भित्रका सबै अवैद्य र पर्यावरणमा प्रभाव पार्ने क्रसरलाई बन्द गर्न निर्देशन दिएको बताउनुभयो । ज्ञापन पत्र बुझाउन आएकाहरुले ढल्केवरका प्रहरी नीरिक्षक राम कुमार यादव समेत शंकाको घेरामा रहेको बताउँदै कानुन बमोजिम कारवाहीको माग समेत गरे भने मन्त्री यादवले दिलीप हत्या प्रकरणमा सँलग्न सबैलाई कानुन बमोजिम कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…