धनुषाः महिलालाई जबरदस्ती यौन व्यावसायमा लगाउने चौधरी पक्राउ !
धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बस्ने वर्ष २६ कि रिता चौधरी समेत पक्राउ परेकी हुन ।

२०७६ पुस २७ आइतबार, बेलुकी ७:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा सँचालित एक गेष्ट हाउसमा अवैद्य रुपमा बसेकी एक महिला सहित एक पुरुषलाई पक्राउ गरिएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा सँचालनमा रहेको सुविधा गेष्ट हाउसबाट एक अवैद्य जोडी सहित गेष्ट हाउस सँचालिकालाई समेत पक्राउ गरिएको हो । महेन्द्रनगर स्थित पेपरमिल रोडमा संचालन रहेको उक्त गेष्ट हाउसबाट राति करिब ८ बजे पक्राउ गरिएका हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार ती अवैद्य जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिईएको हो । उनीहरुको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ । महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यवसायमा लगाउने उक्त सुविधा गेष्ट हाउसकी संचालिका रहेकी जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ६ सखुवा बस्ने वर्ष २६ कि रिता चौधरी समेत पक्राउ परेकी हुन ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ भने पक्राउ परेकी लज सँचालिका र ती पुरुष उपर मानव वेचविखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुदा चलाईने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…