धनुषाको चिलड्रेन बोर्डिङ्ग स्कुलद्वारा “खेलकुद सप्ताह” सुरु
"खेलकुद सप्ताह" मा उद्घाटन समारोहमा स्वागत मन्तव्य, विद्यालयका प्रिन्सिपल दिगम्बर महतोले राखेका थिए ।

२०७६ पुस २६ शनिबार, बेलुकी ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको रघुनाथपुरस्थित ईन्टरनेसनल चिलड्रेन ईङ्गलिस बोर्डिङ्ग स्कुलमा "खेलकुद सप्ताह" सुरु भएको छ । पुष २५ गते सुरु भएको "खेलकुद सप्ताह" २९ गते पुष २९ गतेसम्म चल्नेछ ।
आउँदो माघ माघ १ गते विद्यालयको १९ औँ वार्षिकोत्सव रहेकोले उक्त दिन नै पुरस्कार वितरण गर्ने गरी वार्षिकोत्सवको पूर्वसन्ध्यामा "खेलकुद सप्ताह" को आयोजना गरिएको स्कुलका प्रिन्सिपल दिगम्बर महतोले जनाए । ईन्टरनेसनल चिलड्रेन ईङ्गिलस बोर्डिङ्ग स्कुलले एक औपचारिक समारोहको आयोजना गरि शुक्रवार "खेलकुद सप्ताह" को उद्घाटन गर्दै सुरुवात गरेको छ ।
विद्यालयका संस्थापक सुरेन्द्र साहको अध्यक्षतामा भएको "खेलकुद सप्ताह" को उद्घाटन वडाध्यक्ष प्रदीप महतो सुडीले गरेका थिए । २०५८ सालमा स्थापना भएको ईन्टरनेसनल चिल्डेन ईङ्गलिस बोर्डिङ्ग स्कुल निजी क्षेत्रबाट स्थापना भएको त्यस क्षेत्रकै सबैभन्दा पुरानो मध्येका एक स्कुल हुन् ।

विद्यालयले प्रत्येक वर्ष "खेलकुद सप्ताह" को आयोजना गर्ने गरेकोले नियमित प्रक्रियाकै रुपमा यो वर्ष पनि "खेलकुद सप्ताहुको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल महतोले बताए । "खेलकुद सप्ताह" अन्तर्गत कबडी, हाईजम्प, लङ्गजम्प, स्पुन रेस, म्यूजिकल चेयरलगायत दर्जनौ खेल समावेश गरिएको छ ।
"खेलकुद सप्ताह" मा यो वर्ष आफ्नै विद्यालयको विद्यार्थीहरुलाई सहभागी गराई पनि अर्को वर्ष देखी अन्य विद्यालयका विद्यार्थीहरुलाई समेत सहभागी गराई भव्यरुपमा आयोजना गरिने प्रिन्सिपल महतोले बताए । खेलकुद सप्ताहमा सहभागी विभिन्न प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्रलगायतका पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
"खेलकुद सप्ताह" मा उद्घाटन समारोहमा स्वागत मन्तव्य, विद्यालयका प्रिन्सिपल दिगम्बर महतोले राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…