साना किसान कृषि आधुनिकीकरणको लागि प्रतिवद्ध : मेयर पञ्जियार
कृषिको लागि र स्थानीय किसानको लागि वरदान सावित भएको बताउनुभयो ।

२०७६ पुस २६ शनिबार, बेलुकी ६:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पँजियारले साना किसान कृषि सहकारी सँस्था स्थानीय किसानको लागि वरदान साबित भएको बताउनुभएको छ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १७ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर पँजियारले दिगम्बरपुरका किसानहरुको लागि कृषिमा आधुनिकीकरण हेतु सिँचाइको लागि विद्युतिकरण गरेकोप्रति प्रशंसा व्यक्त गर्नुभयो । वडाध्यक्ष ईन्द्र कुमार महतोको अध्यक्षता एवम् नगर प्रमुख पँजियारकै प्रमुख आतिथ्यमा सम्पन्न भएको वार्षिक साधारण सभामा कृषिको लागि र स्थानीय किसानको लागि वरदान सावित भएको बताउनुभयो ।

सो क्रममा वडाध्यक्ष महतोले वार्षिकआर्थिक प्रतिवेदन गत वर्ष गरेका कामहरु तथा अगामी वर्षमा गर्ने कामहरु बारेमा शेयर सद्स्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । पुर्व उमाप्रेमपुर, दिगम्बरपुर गाविसका किसानहरुलाई सिचाईको लागि बिधुतिकरण गरिएको हो जनाइएको छ ।
यसका साथै, सहभागी शेयर सदस्यहरुलाई चिसोको मौसममा ब्लान्केट हरेक सद्स्यलाई संस्थाद्वारा वितरण पनि गरिने बताउनुभयो । “महिलाहरुको सहभागी हेरेर नेपाल सरकारको संम्बिधानमा उल्लेखित महिलालाई प्राथमिकता दिए कानुनहरु बनाएका छ्न । भोलिको दिनमा देश र समाजमा भविष्य उज्ज्वल र बिकास हुनेछ ।”– मेयर पँजियारले भन्नुभयो ।

सो कार्यक्रममा साना किसान कृषि सहकारीका प्रबन्धक चन्द्रकिशोर प्रसाद सिँहले वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक वर्षमा १९ करोड लगानीमा १५ करोड असुली ८३ लाख फाईदाको बारेमा उल्लेख गर्नुभयो । वार्षिक नीति तथा कार्यक्रम समेत उहाँले प्रस्तुत गर्नुभएको थियो ।
बगर खेतीको लागि नगरपालिका बाट १० लाख लगानीमा सहयोग गर्ने बताउँदै मेयर पँजियारले तरकारी नगदेवाली लगायत विभिन्न किसिमका बीउ बिजन सबै उपलब्ध गराउदै आएको थप्नुभयो ।
सो समारोहमा बिशिस्ट अतिथिको रुपमा धनुषाधाम नगरपालिकाकी उपप्रमुख बिद्या देवि भुजेलले कार्यक्रममा महिला सहभागी संख्याप्रती खुसी व्यक्त गर्दै हरेक क्षेत्रमा महिलाहरु पुरुषहरु जति सहभागिता होस भन्ने आशा समेत राख्नुभयो । सोही समारोहका बिशिस्ट अतिथीकै आसनबाट बोल्दै क्षीरेश्वरनाथ नगरपालिकाकी उपप्रमुख रचना माथेमाले साना किसान कृषि सहकारी किसानहरुको लागि विश्वासको क्षेत्र र निकाय भएको बताउनुभयो ।

सो क्रममा जनकपुरको याज्ञबलक्य अनाथ आश्रमका सँस्थापक एवम् सँचालक सत्यनारायण आलोकलाई अनाथ आश्रमका बालबालिकाहरुको लागि मेयर पँजियारले ५ हजार रुपैयाँ, प्रबन्धक सिके सिँहले ५ हजार रुपैयाँ सहित ५ वटा ब्लान्केट सहित खाद्यान्न समाग्रीहरु प्रदान गरेको थियो । सो क्रममा उपस्थित महिला सदस्यहरुले बालबालिकाहरुको लागि रकम सहयोग गरेकी हुन् । सो समारोहमा सहकारी सँस्थाका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । मेयर पँजियारलाई जानकी मन्दिरको मायाको चिनो सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा तत्कालीन योजना प्रमुख तथा हाल मिथिला बिकास लघुवित वितिय संस्था प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउत , साना किसान धनुषा गोबिन्दपुर प्रवन्धक राजकुमार साह , जीवनकेन्द्र हारसरका अध्यक्ष कमल पंकज लगायत सम्पुर्ण शेयर सद्स्यको व्यापक उपस्थिति थियो । कार्यक्रम संचालन संस्थाकी उपाध्यक्ष लक्ष्मी यादव गरेकी थिइन् ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…