अमेरिका इरानसँग विनासर्त वार्ता गर्न तयार : 'हामी अशान्ति चाहदैनौं'
न्यूज ब्यूरो, एजेन्सी । अमेरिका र इरानबीच केही दिनदेखि बढ्दो तनावबीच अमेरिकाले इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तराष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण

२०७६ पुस २४ बिहीबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । अमेरिका र इरानबीच केही दिनदेखि बढ्दो तनावबीच अमेरिकाले इरानसँग बिनासर्त गम्भीर वार्ता गर्न तयार रहेको बताएको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अमेरिकी दूत केली क्राफ्टले अमेरिका ‘अन्तराष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्यले’ वार्ता गर्न तयार रहेको उल्लेख गरेकी छन् । पत्रमा इरानी सैन्य कमाण्डर सुलेमानीको हत्या संयुक्त राष्ट्रसंघको बडापत्रको धारा १५ बमोजिम उचित भएको पनि जिकिर गरिएको छ ।
उक्त धारामा कुनै राज्यले आफ्नो रक्षा गर्ने अधिकार अन्तर्गत गरेको कुनै पनि कारबाही तुरुन्तै सुरक्षा परिषद्लाई जानकारी गराउनुपर्ने उल्लेख छ । साथै पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने पनि उल्लेख गरिएको छ ।
उता इरानले पनि धारा १५ कै आधारमा अमेरिकी सेनामाथि गरेको आक्रमण उचित भएको दाबी गरेको छ । सुरक्षा परिषदलाई लेखिएको पत्रमा इरानका दूत माजित तख्तले इरानले युद्ध नचाहेको बताएका छन् ।
अमेरिकी संसदको तल्लो सदनमा बिहीबार राष्ट्रपति डोनल्ड ट्रम्पलाई संसद्को अनुमति नलिई इरानविरुद्ध युद्ध स्वीकृत गर्ने अधिकार नियन्त्रण गर्ने सम्बन्धमा मतदान हुँदैछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…