आइएसएसका ३ आतंककारी काठमाडौंबाट समातिए
पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।

२०७६ पुस २४ बिहीबार, राति ८:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ ।
बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जादैछन् भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौबाट पक्राउ गरेको स्रोतले बताएको छ ।
प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीपछि तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो । यसका साथै, दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार यी तीनै जना आतंककारी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए ।
२०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए । उनीहरु नेपालमा १५र२० दिनको बसाइपछि दिल्लीमा रहेका साथीहरुलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…