भारतमा ४ बलात्कारीलाई मृत्युदण्ड, आमाले ७ वर्षदेखि लड्दै थिइन् न्यायको लडाई
नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो ।

२०७६ पुस २२ मंगलबार, बेलुकी ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो । नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल कलेज पढिरहेकी निर्भयाको बलात्कारपछि हत्या भएको थियो ।
अदालतले निर्भयाको बलात्कारपछि हत्या गरेको दोषी ठहर गर्दै अक्षय गुप्ता, पवन गुप्ता, विनय शर्मा र मुकेश सिंहलाई माघ ८ (जनवरी २२) मा मृत्युदण्ड दिने फैसला सुनाएको हो । दोषी ठहर भएका उनीहरुलाई माघ ८ गते बिहान ७ बजे मृत्युदण्ड (फाँसी) दिने आदेश दिएको छ ।
बलात्कारपछि हत्या गरेको आरोप लागेका चारै जनालाई दिल्ली उच्च अदालतले २०१४ मा दोषी ठहर गरेको थियो। उनीहरुले मृत्युदण्डको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वोच्च अदालतले गत डिसेम्बरमा उनीहरूले दिएको पुनर्विचार निवेदन खारेज गर्ने निर्णय गरेको थियो ।
सन् २०१२ मा दिल्लीमा गुडिरहेको बसमा उनीहरुले २३ वर्षीया निर्भयाको बलात्कार गरेर हत्या गरेको थियो । सो घटनामा ६ जनाको संलग्नता रहेको थियो । घटनामा संलग्न रहेका एक जनाले जेलभित्रै आत्महत्या गरिसकेका छन् भने अर्का एक जना नाबालक रहेको भन्दै सुधारगृहमा पठाइएको थियो ।
निर्भयाकी आमा आशादेवी ७ वर्षदेखि छोरीको आत्मको शान्तिका लागि न्यायको लडाई लड्दै आएकी थिइन् । उनले अदालतले सुनाएको फैसलाको स्वागत गर्दै छोरीले न्याय पाएको प्रतिक्रिया दिएकी छिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…