किसानको सच्चा सारथी साना किसान : साँसद मण्डल
जुन शिर्षकमा ऋण लिनु हुन्छ त्यसमै प्रयोग गर्नुस भन्ने ग्यारेन्टी साथ फाईदा हुनेछ ।

२०७६ पुस १९ शनिबार, राति ८:५६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश साँसद रामचन्द्र मण्डललले कृषि प्रधान देश भनेर चिनिएको नेपालमा किसानको असली सारथी साना किसान रहेको बताउनुभएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ स्थित साना किसान धनुषा गोबिन्दपुरको १४ औं वार्षिक सधारण सभामा बोल्दै प्रदेश साँसद मण्डलले किसानको सच्चा सारथीको रुपमा साना किसान कृषि सहकारी रहेको बताउनुभयो । उहाँले त्यसमा आवद्ध किसानहरुलाई जुन प्रयोजनको लागि ऋण लिए त्यही प्रयोजनमा लगानी गर्न आग्रह गर्नुभयो ।
सँस्थाकी निवर्तमान अध्यक्ष फूलो देवी दनुवारको अध्यक्षता तथा प्रदेश साँसद मण्डलकै प्रमुख आतिथ्यमा सम्पन्न भएको १४ औं वार्षिकोत्सवमा गत आर्थिक वर्षको आय व्यय समेत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा निर्वतमान अध्यक्ष दनुवारले सँस्थाका सबै सदस्य, पदाधिकारी र शेयर सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रगतिको कामना गर्नुभयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै साँसद मण्डलले भन्नुभयो–“वास्तवमा किसानको लागि समयमा ठूलो सारथि अनुरुप यो साना किसान रहेको छ । साना किसान सद्स्य हरुमा म के भन्न चाहन्छु भने, साना किसान बाट ऋण लिनु हुन्छ भन्ने सहि ठाउमा सदुपयोग गर्नुस । जस्तै नगदेवाली , भैंसी पालन , बाख्रा पालन , लगायत जुन शिर्षकमा ऋण लिनु हुन्छ त्यसमै प्रयोग गर्नुस भन्ने ग्यारेन्टी साथ फाईदा हुनेछ ।”
बिशिस्ट अतिथिको आसनबाट बोल्दै धनुषाको हंसपुर नगरपालिका मेयर रामज्ञान् मण्डल साना किसानबाट धेरै घरपरिवारमा सहयोग भएको जिकीर गर्नुहुँदै किसानमा सबभन्दा पहिला समयमा सहयोग हुने बैंक हुनेप्रति विश्वास राख्नुभयो । उहाँले किसान नठगाउन समय सबै कुरा बुझाई पादर्शी रुपमा कामकाज गर्नको लागि संचालक समिती लगायत बैंकका कर्मचारी हरुलाई सुझाव समेत दिनुभयो ।
कार्यक्रममा केन्द्रिय साना किसान बैंक प्रमुख कार्यकारी अधिकृत , राष्ट्रिय सहकारी संचालक सदस्य ध्रुवनारयाण यादव, साना किसान बैंक संचालक सद्स्य रबिन्द्र यादव लगायत साना किसान गोबिन्दपुर सम्पुर्ण कर्मचारीको विशेष उपस्थितिमा कार्यक्रम सफल भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
विनय कुमार यादव
सह-सम्पादक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…