सप्तरीमा ८४ करोडको लागतमा रंगशाला बन्दै
स्थानिय स्तरबाटै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ ।

२०७६ पुस १९ शनिबार, बिहान १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा ८४ करोडको लागतमा रंगशाला बन्ने भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाकसहितको मदन भण्डारी रंगशाला निर्माण हुने निश्चित भएको हो । युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको विकासकालागी गाउँ गाउँमा खेल पुर्वाधार निर्माणलाई पुर्याउने निति अनुसार यहाँ मदन भण्डारी रंगशाला निर्माण हुने भएको छ ।
मन्त्रालयद्वारा रंगशाला निर्माणका लागी शुक्रबार राष्ट्रिय खेलकुद परिषद मार्फत टेन्डर आहवान समेत गरिएको कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले बताए । मुल्य अभिवृद्घिकर (भ्याट) बाहेक ८४ करोड ७४ लाख ३ सय ७० रुपैयाँको लागतमा निर्माण हुने मदन भण्डारी रंगशालामा फुटबल ग्राउण्ड, एथलेटिक्स ट्रयाकका साथै दर्शकका लागि आवश्यक प्याराफिट रहने छन् ।
कंचनरुप नगरपालिकाका ९ मा निर्माण गरिने रंगशालाका लागि नगरपालिकाले १५ विगहा जग्गा उपलब्ध गराइसकेको छ । आवश्यक परे सोही स्थानमा थप जग्गा उपलब्ध गराउन सकिने नगरप्रमुख मिश्रले जानकारी दिए ।
रंगशाला निर्माणले विभिन्न प्रतियोगिता आयोजना गर्न सहज हुनुका साथै स्थानिय स्तरबाटै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न समेत मद्दत पुग्ने विश्वास गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…