मानव बेचविखिन आरोपमा २ जना प्रहरीको फन्दामा
अन्य व्यक्तिहरुको खोजी कार्यलाई तिब्रता दिएको प्रहरीले जनाएको छ।

२०७६ पुस १९ शनिबार, बिहान ७:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । मानव बेचबिखनमा संलग्न दुई जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ।
शुक्रबार भारतीय व्यक्तिहरुसंग मिलोमतो गरि चार जना महिलालाई भारतमा काममा लगाई दिन्छु भनी लकाई फकाई विभिन्न किसिमको प्रलोभन देखाई भारत तर्फ लैजादै गरेको अवस्थामा सर्लाही जिल्लाको मंलगवा नगरपालिका वाड नं. ८ बाट बेलुका ६ बजे जिल्ला प्रहरी कार्यलय सर्लाहीको विशेष टोलिले गोप्य सुचनाको अधारमा अपराधीलाई नियन्त्रणमा लिएको सर्लाही जिल्लाको प्रमुख प्रहरी प्रवक्ता प्रतीत सिंह राठौरले बताउनुभयो।
पीडित महिलाहरूलाई उद्वार गरि निज पीडितहरुलाई भारत तर्फ लाने प्रतिवादी जयबहादुर खत्री सार्की र अमृता श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनिहरु माथि मानव बेचविखिन तथा ओसारपसारको मुद्दा दर्ता गरि सम्मानित जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मानव बेचविखिन तथा ओसारपसार कार्यमा थप व्यक्तिको संलग्नता हुन सक्ने प्रहरीको आशांका रहेको छ। अन्य व्यक्तिहरुको खोजी कार्यलाई तिब्रता दिएको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…