पाकिस्तानी आकाशमा आतंकवादको खतरा : अमेरिकाले आफ्ना विमानलाई रोक लगायो
न्यूज ब्यूरो, एजेन्सी । संयुक्तराज्य अमेरिकाले आफ्नो देशका एयर लाईन्सहरुलाई पास्कितानको आकाश प्रयोग नगर्न भन्दै निर्देशन जारी गरेको छ । आफ्ना देशका एयरलाइन्सहरुलाई पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्न निर्देशन दिँदै यदि त्यो देशको हवाई रुट प्रयोग गरे पाकिस्तानी कट्टरपन्थी समूह र आतंकवादी समूहको निशान

२०७६ पुस १८ शुक्रबार, दिउँसो २:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । संयुक्तराज्य अमेरिकाले आफ्नो देशका एयर लाईन्सहरुलाई पास्कितानको आकाश प्रयोग नगर्न भन्दै निर्देशन जारी गरेको छ ।
आफ्ना देशका एयरलाइन्सहरुलाई पाकिस्तानको हवाई मार्ग प्रयोग नगर्न निर्देशन दिँदै यदि त्यो देशको हवाई रुट प्रयोग गरे पाकिस्तानी कट्टरपन्थी समूह र आतंकवादी समूहको निशानामा पर्न सक्ने चेतावनी दिएको छ । बालाकोट स्ट्राइकपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा अन्तराष्ट्रिय उडानहरुलाई कडाई गर्दै आएको छ ।
यसैकारण उसले ६८८ करोडको ठूलो घाटा बेहोर्नुपरिरहेको छ । यता, फेरि पाकिस्तानले भारतको लागि एयरस्पेस बन्द गरेपछि ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरिरहेको छ । यदि अमेरिकाले आफ्नो देशका एयरलाइन्सहरुलाई पाकिस्तानको एयरस्पेस (हवाईमार्ग) प्रयोग गर्नबाट रोक्यो भने पाकिस्तानले झन् ठूलो समस्या भोग्नुपर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
त्यसकारणले गर्दा पनि अन्य देशहरूले पाकिस्तानको हवाई मार्ग प्रयोग गर्न हिच्किचाइरहेका छन् । यसअघि पाकिस्तानले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीका विमानलाई समेत आफ्नो आकाशबाट उड्न दिएको थिएन । पाकिस्तानले भारतीय नेतृत्वलाई आफ्नो आकाशमा बन्देज लगाएको केही महिनापछि अमेरिकाले आफ्नो देशका एयरलाइन्सहरुलाई यस्तो निर्देश गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…