विद्यालय प्रधानाध्यापकलाई मेयरको कडा निर्देशन
जनकपुरधाम, २५ पुस । धनुषाधाम नगरपालिका अन्तर्गत पर्ने धनुष जनता प्राविधिक तथा शिक्षा माविका प्रधानाध्यापकलाई मेयरले कडा निर्देशन दिएका छन् । स्थानीय तह गठनपछि भएको स्थानीय सरकारको चुनावबाट स्थानीय सरकार सँचालनमा आएपनि विद्यालयका प्रधानाध्यापकले मनोमानी ढँगबाट कार्य सँचालन तथा निर्णय गरेको भन्दै कडा

२०७४ पुस २५ मंगलबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ
जनकपुरधाम, २५ पुस । धनुषाधाम नगरपालिका अन्तर्गत पर्ने धनुष जनता प्राविधिक तथा शिक्षा माविका प्रधानाध्यापकलाई मेयरले कडा निर्देशन दिएका छन् ।
स्थानीय तह गठनपछि भएको स्थानीय सरकारको चुनावबाट स्थानीय सरकार सँचालनमा आएपनि विद्यालयका प्रधानाध्यापकले मनोमानी ढँगबाट कार्य सँचालन तथा निर्णय गरेको भन्दै कडा निर्देशन दिएका हुन ।
नगरपालिकाका मेयर बालेश्वर मण्डलले मँगलबार एक अधिकारिक पत्र काटदै प्रअलाई कानुन बमोजिम नै स्थानीय तहको सरकारलाई मान्यता दिइ कुनै पनि कार्य गर्न निर्देशन दिएका हुन ।
प्रअले विगतझैँ यसपालि पनि माघ १ गतेदेखि १ महिनासम्म लाग्ने मकर मेलाको व्यवस्थापन बारे आफूखुसी निर्णय गरेकोप्रति खेद प्रकट गर्दै स्थानीय सरकारको नीति नियम र कानुनको अधिनमा रही कुनै पनि निर्णय गर्न निर्देशन दिएका हुन ।
धनुष मन्दिर तथा मेला व्यवस्थापन विगतमा विद्यालयकै रोहबरमा हुँदै आएपनि यसपालिदेखि नगरपालिका भित्र रहेकोले नगरपालिकाको निर्णय बमोजिम, नगरको अधिनमा रही कार्यसँचालन गर्न निर्देशन दिएका हुन ।
प्रत्येक वर्ष माघ १ गतेदेखि अन्तिमसम्म लाग्ने मकर मेलाको लागि यसपालि विशेष व्यवस्थापन गरिने मेयर मण्डलले जनाएका छन् ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…