धनुषामा मेयरकप नकआउट फुटबल सुरु
युवाहरुको खेलप्रतिको चासोलाई पूर्नजागरणको उदेश्यले प्रतियोगिता आयोजन गरिएको बताउनुभयो ।

२०७६ पुस १० बिहीबार, बेलुकी ५:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । स्थानीय युवाहरुलाई खेलप्रतिको लगाव तथा जागरुकता प्रदान हेतु धनुषाधाममा फुटबल खेल सुरु भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ मा मेयरकप नकआउट फुटबल खेल शुरु भएको हो । वडा अध्यक्ष इन्द्रकुमार महतोको अध्यक्षता तथा नगरप्रमुख बालेश्वर मण्डलको प्रमुख अतिथिमा फुटबल नकआउट प्रतियोगितालाई समुदघाटन गरिएको छ ।
सो उदघाटन समारोहमा बोल्दै मेयर मण्डलले खेलाडी देशको पहिचान र शानको लागि चिनिएकोले यस्ता कर्णाधारहरुलाई खेल मार्फत नै अगाडी बढाउने बताउनुभयो । उहाँले स्वास्थ्यको दृष्टिकोणले समेत खेलकूद उपयुक्त भएको बताउँदै खेल दुई समुदाय, गाउँ, टोल, प्रदेश, जिल्ला सहित बैदेशिक सम्बन्ध समेत सुधार गर्ने उपकरणको रुपमा रहेको बताउनुभयो । “नगरभरी युवा लागि हामी बजेट बिनियोजित गरेका छौ । अर्को साल पनि हामी खेललाई प्राथमिकता दिए बजेट बिनियोजित गर्नेछौ ।”– उहाँले भन्नुभयो ।
सोही खेलको उदघाटन सत्रमा बोल्दै वडाध्यक्ष ईन्द्र कुमार महतोले स्थानीय युवाहरुलाई प्राथमिकीकरण गर्ने जनप्रतिनीधिहरुको दायित्व रहेको बताउनुभयो । खेलाडीहरुलाई स्वागत गर्दै वडाध्यक्ष महतोले खेलाडीलाई दुई पाटाको जोडकको सँज्ञा दिनुभयो । उहाँले युवाहरुको खेलप्रतिको चासोलाई पूर्नजागरणको उदेश्यले प्रतियोगिता आयोजन गरिएको बताउनुभयो ।
खेलमा जम्म १२ ओटा टिम सहभागी हुनेछ। उदघाटन खेलमा बेँगाडाबर टिम १ गोलले विजयी हाँसिल गरेका छन् । दुवै टिमले एक एक गोल गरेपछि ड्रो भएको खेलमा पेनाल्टि प्रणालीबाट बेँगाडाबर टिम विजयी भएका हुन् । फाईनल खेल भने २४ गते आयोजक समितिले जनाएको छ । उदघाटन सत्रमा धनुषाधाम नपा वडा नं. १ का वडा अध्यक्ष बिश्वनाथ यादव , ३ का राज किसोर साह , उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुन मण्डल, उमाप्रेमपुर प्रहरी चौकि इन्चार्ज गोपाल श्रेष्ठ लगायत स्थानीय बुद्धिजीवी समाजसेवीको उपस्थिति रहेका थिए। कार्यक्रम सन्चालन चन्दन सिहंले गर्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…