भारत झारखण्ड चुनावमा भाजपा हारतर्फ
मतगणनालाई मध्यनजर गर्दा काँग्रेस–झामुमो–आरजेडीको बहुमत पक्का भएको बीबीसी हिन्दीले जनाएको छ ।

२०७६ पुस ७ सोमबार, दिउँसो २:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको पूर्वी राज्य झारखण्डको विधानसभा चुनावमा सत्ताधारी दल भारतीय जनता पार्टी भाजपाले चुनाव हार्ने देखिएको छ ।
सन् २०१४ मा भाजपाले यस क्षेत्रमा आफ्ना क्षेत्रीय गठबन्धनसँग बहुमत हासिल गरेको थियो । यसपटक नागरिकता कानुनको विवादमा फसेको भाजपा चुनावमा हार्ने देखिएको हो। झारखण्ड विधानसभा चुनावको मतगणना हाल जारी छ ।
मतगणनालाई मध्यनजर गर्दा काँग्रेस–झामुमो–आरजेडीको बहुमत पक्का भएको बीबीसी हिन्दीले जनाएको छ । झारखण्ड विधानसभाको निर्वाचनमा ८१ जना विधानसभा सदस्य निर्वाचित हुनेछन् जसमध्ये ४१ सिट जित्नेले सरकार बनाउनेछ ।
भारतमा १२ बज्दासम्मको चुनावी मत परिणामअनुसार झारखण्ड मुक्ति मोर्चा–कांग्रेस र राष्ट्रिय जनता दलको गठबन्धनले ३९ सिटमा अग्रता बनाएको इन्डिया टुडेले जनाएको छ । भाजपाले भने ३० स्थानमा अग्रता लिइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…