डॉ सीके राउत नेतृत्वको जनमत पार्टीले गर्यो शक्तिशाली 'विदेश विभाग' गठन
विदेश विभागका सम्पूर्ण पदाधिकारीहरू गैर आवासीय मधेशी संघसँग सम्बन्धित ब्यक्तिहरू हुन्।

२०७६ पुस ६ आइतबार, बेलुकी ६:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विदेशमा पनि आफ्नो शक्तिशाली विदेश विभाग गठन गरेको छ । विदेश विभाग प्रमुखमा ईन्जिनीयर बसन्त कुशवाहालाई चयन गरिएको छ ।
उप– निर्वाचन लगतै जनमत पार्टीले गत मँसिर २७ र २८ गते वीरगँजमा सम्पन्न भएको दुई दिवसीय केन्द्रीय समितिको बैठकबाट कुशवाहालाई पार्टीको विदेश विभागीय प्रमुखमा चयन गर्ने निर्णय गरिएको हो । यस बैठकबाट महत्वपूर्ण निर्णयहरू गर्दै पार्टीको केन्द्रीय स्तरमा विदेश विभाग गठन गरेको छ।
ईन्जिनीयर कुशवाहा प्रमुख रहेको सो विभागमा सुरेन्द्र नारायण यादवलाई उप–प्रमुखको रुपमा चयन गरिएको हो । यी दुबै जना पुल्चौक ईन्जिनियरिंग क्याम्पसबाट अध्ययन गरेका सफल ईन्जिनियरको रुपमा चिनिन्छ । जनमत पार्टीको विस्तार तथा पार्टीलाई नयाँ मोड दिनको लागि कुशल ईन्जिीनीयरहरु समेतलाई पार्टीमा समावेश गरिएको हो ।
जनमत पार्टीमा वैज्ञानिक समेत रहेका डा. सिके राउतको पार्टी जनमत पार्टीको लागि विदेश विभागमा डॉ. लोकेंद्र यादव, डॉ. प्रमोद ठाकुर र डॉ. श्याम महतो जस्ता पिएचडी हाँसिल हस्तीहरु रहेका छन् । यस्तै संजय कर्ण, शम्भुनाथ साह र सूजित ठाकुर चिरपरिचित सफल ईन्जिनियरहरू हुन्।
यस्तै, अभिषेक झा, बिनोद पासवान, धनबिर ठाकुर बरई, धीरज साह, इन्द्रजीत यादव, कप्लेश्वर यादव, निर्मल मण्डल, रवीन्द्र कान्त मण्डल, राम राय, शिव कुमार पाल र उपेन्द्र अधिकारी यादव मधेश र मधेशी समुदायबीच चिर परिचित व्यक्तित्वहरू हुन्।
विदेश विभागका सम्पूर्ण पदाधिकारीहरू गैर आवासीय मधेशी संघसँग सम्बन्धित ब्यक्तिहरू हुन्। गैर आवासीय मधेशी संघ बिश्वमा रहेका मधेसीहरूको छाता संगठन हो। यस संगठनमा अहिले सम्म बिदेशमा रहेका २ लाख मधेशीहरू आबद्ध छन्।
गैर आवासीय मधेशी संघले बिदेशमा मधेशको संस्कृति, पर्व र त्योहार धूमधामसंग मनाऊँछन्। त्यस्तै बिदेशमा रहेका मधेशीहरूलाई संगठित गर्दै भई परि आएको समस्या समाधानमा सहभागी हुन्छन्। त्यस्तै मधेशमा हुने गरेका प्राकृतिक प्रकोपको समयमा राहत सहयोग उपलब्ध गराउँदै आएको छ ।
मधेशको आर्थिक बिकासका लागी खोज र अनुसंधान गर्छन्। त्यसका लागी अहिलेसम्म Modern Farming, Tourism, Banking System, Free Zone FDI, Solar Energy, Industrialization र Environment Protection जस्ता आर्थिक विकासमाथी Research गरेका छन्। यी कार्यहरु आउने दिनमा मधेशमा कार्यान्वयन गर्ने योजना बनाएका छन्।
गैर आवासीय मधेशी संघ International Forum जस्तै UN, WHO, ILO, World Bank जस्ता संगठनमा सहभागी हुन्छन् र सहकार्यका लागी पहल गर्छन्। ई. बसन्त कुशवाहा हाल गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रीय समिति अध्यक्ष हुन्। वहाँ मध्यपूर्व तथा अफ्रीकी महादेशमा चर्चित Engineer of the Year, Engineering Excellence, Best Sustainability जस्ता अवार्डबाट विभूषित हुनुहुन्छ।
“जनमत पार्टीले मात्रै मधेशको विकास गर्न सक्छ, मधेशमा स्वराज स्थापना गर्न सक्छ, त्यसैले मधेशमा जनमत पार्टीले आउने हरेक तहको निर्वाचनमा जित्नु पर्छ” - बसन्त कुशवाहा भन्छन्। डॉ. सि के राउतले आउने हरेक निर्वाचनलाई मध्यनज़र राख्दै संगठन बिस्तारमा तीव्रता ल्याएका छन्। केन्द्रीय सदस्यमा अनिता देवी साहलाई थपिएको छ।
ललित मल्लिक सानुलाई मधेश नेतृत्व पुँजको संयोजक, पोषण यादवलाई बिधार्थी जनमत संघको केन्द्रीय संयोजक, संजय कुमार यादवलाई प्रशिक्षक तथा स्वयंसेवक विभागको संयोजक, सुजित चौरसियालाई पर्सा ज़िल्ला इन्चार्ज, बालगोविन्द चौधरीलाई नवलपरासी ज़िल्ला इन्चार्ज तथा योगेन्द्र चौधरीलाई कपिलवस्तु ज़िल्ला इन्चार्जको ज़िम्मेवारी तोकिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…