मोदीले आन्दोलनकारीलाई भने : 'मेरो जति पुतला जलाएपनि गरिबको रिक्सा नजलाउ'
मोदीले आफु कुनै हालतमा पछि नहट्ने भन्दै देशलाई झुक्न र टुक्रन नदिने प्रण पनि गरे ।

२०७६ पुस ६ आइतबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारले ल्याएको नागरिकता संशोधन कानुनको विरोध गर्नेहरुलाई ‘अर्बन नक्सली’ को संज्ञा दिएका छन् ।
राजधानी नयाँदिल्लीस्थित रामलीला मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै मोदीले नागरिकता कानुनबारे भ्रम फैलाउने काम भइरहेको र यसको नेतृत्व कांग्रेस र केही शहरीया नक्सलीले गरिरहेको आरोप लगाएका हुन् । विपक्षीहरुविरुद्ध निकै क्रूद्ध देखिएका मोदीले दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवाल र दिल्ली सरकारको पनि कडा आलोचना गरे ।
उनको रोषको पारो पश्चिम बंगालकी नेतृ ममता बनर्जीतर्फ पनि उत्तिकै थियो । कांग्रेस आफ्नो पछि दशकौंदेखि लागेको भन्दै उनले उसको हर हर्कतको जानकार रहेको बताए ।
उनले आफु कुनै हालतमा पछि नहट्ने भन्दै देशलाई झुक्न र टुक्रन नदिने प्रण पनि गरे । आफूहरुले धर्म, जाति नभनी गरीबी हटाउन योजना बनाइरहेको जिकिर गर्दै उनले भने, ‘केहीले आफ्नो बाटो छेक्न खोजेको तर उनीहरुलाई थाहा रहेनछ कि यो मोदी हो ।’
मोदीले आफ्नो जति पुतला जलाए पनि गरीबको अटो रिक्सा नजलाऊ पनि भने । भाजपाको शनिबार बसेको बैठकले पार्टीका तर्फबाट १० दिनभित्र १ हजार कार्यक्रम गर्ने घोषणा गरेकोमा पहिलो कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…