सुनसरीबाट आधुनिक हतियार र गोली बरामद
न्यूज ब्यूरो, सुनसरी । सुनसरीको बराहक्षेत्रबाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद भएको छ । बराहक्षेत्र नगरपालिका ५ मा विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा पुगेको प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरे

२०७६ पुस ६ आइतबार, दिउँसो ४:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरीको बराहक्षेत्रबाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद भएको छ ।
बराहक्षेत्र नगरपालिका ५ मा विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा पुगेको प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको हो । बरामद हतियार र गोली खिया लागेको अवस्थामा बरामद भएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले जानकारी दिए ।
उनका अनुसार, हतियार र गोली बरामद भएको स्थानमा २०६७ सालमा कुखुराको खोर निर्माण गरिएको थियो । पछिल्लो समय खोरमा कुखुरा पालिएको छैन । विष्फोटक पदार्थ भेटिएको सूचनाका आधारमा नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो ।
बरामद हतियार तत्कालिन माओवादी कार्यकर्ताले लुकाएर राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…