भारत आन्दोलन : १४ राज्य अशान्त, भाजपाले थाल्यो जागरण अभियान
न्यूज ब्यूरो, भारत । नागरिकतासम्बन्धी नयाँ कानुनका कारण भारतमा पछिल्लो एक हप्तामा १४ राज्यमा विरोध प्रदर्शन जारी छ । यो विरोध प्रदर्शनलाई मत्थर पार्ने प्रयासमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसक्रममा जनतालाई भेटेर नागरिकता विधेयकबारे बुझाउने, आफ्नो

२०७६ पुस ६ आइतबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । नागरिकतासम्बन्धी नयाँ कानुनका कारण भारतमा पछिल्लो एक हप्तामा १४ राज्यमा विरोध प्रदर्शन जारी छ । यो विरोध प्रदर्शनलाई मत्थर पार्ने प्रयासमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसक्रममा जनतालाई भेटेर नागरिकता विधेयकबारे बुझाउने, आफ्नो देशमा प्रताडित भएका कारण भारतमा शरण लिएर बस्दै आएकाहरुलाई समेत सहभागी गराएर्र याली निकाल्नेलगायतका कार्यक्रम हुनेछन् । भाजपा महासचिव भुपेन्द्र यादवका अनुसार अभियानका क्रममा २५० स्थानमा पत्रकार सम्मेलन गरेर विपक्षी दलको भण्डाफोर गर्नेलगायतका कार्यक्रम पनि हुनेछन् ।
भारत सरकारले नागरिकता सम्बन्धी कानुन संशोधन गरेर भारतमा शरण लिएर बस्दै आएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने निर्णय गरेको थियो । यसबाट मुस्लिम समुदायलाई विभेद भएको भन्दै सुरु भएको आन्दोलनका कारण एक दर्जन बढी नागरिकको ज्यान गइसकेको छ ।
प्रदर्शनकारीले सवारी साधन, प्रहरी चौकी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनका कारण कतिपय राज्यमा निषेधाज्ञा लागू गरिएको छ भने इन्टरनेट सेवासमेत बन्द गराइएपछि जनजीवन प्रभावित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…