धनुषाबाट प्रहरी सई घुस सहित रँगेहात पक्राउ !
आवश्यक अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाएको

२०७६ पुस ५ शनिबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल प्रहरीका एक प्रहरी नायब नीरिक्षक (सई) घुस सहित रँगेहात पक्राउ परेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ९ धारापानी यज्ञभूमि प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका सई कालिचरण पँजियार १५ हजार रुपैयाँ घुस सहित रँगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई रँगेहात पक्रउ गरेका हुन् ।
सवारी दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै मुद्दासँग सम्बन्धित एक स्थानीयसँग उनले घुस मागेका थिए । घुस मागेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई निगरानीमा राखेको थियो । उनलाई धनुषाको धनुषाको मिथिला नगरपालिका वडा नं. ६ ढल्केवरचोकबाटै रँगेहात पक्राउ गरी कार्यालय लगिएको जनाइएको छ ।
घुस रकमसहित पक्राउ परेका सई पंजियारलाई आवश्यक अनुसन्धानको लागि अख्तियार दुरुपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…