छात्रवृतिको नाममा कन्सल्टेन्सीहरु विद्यार्थीलाई विभिन्न देशमा बेच्दै !
उनले झुठो प्रचार र लोभलालचमा पारेर नेपाली विद्यार्थीहरुलाई धोका दिएको भन्दै यसलाई विद्यार्थीलाई बेच्नुको संज्ञा दिएका छन् ।

२०७६ मंसिर ३० सोमबार, बेलुकी ५:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्कोलरसीपको नाममा नेपाली विद्यार्थीहरुलाई विभिन्न देशमा कन्सल्टेन्सीहरुले बेचेको आरोप नेपाली विद्यार्थीहरुले लगाएका छन् ।
नेपाल सरकारका कानुनमन्त्री उपेन्द्र यादवसँग बँगलादेशमा रहेका नेपाली विद्यार्थीहरुले सो गुनासो गरेका हुन् । मन्त्री यादवसँगको भेटमा नेपाली विद्यार्थी सुदिप शर्माले बङ्गलादेश पढ्न आउने नेपली विद्यार्थीहरु विभिन्न बहानामा नेपाली विद्यार्थीहरुबाट नै ठगाईरहेको गुनासो गरे ।
उनले नेपाली विद्यार्थीले बङ्गलादेशलाई नै कर्मभुमि बनाई कन्सल्टेन्सीको मार्फतले नयाँ विद्यार्थीलाई लोभलालच देखाई छात्रवृत्तिको नाममा लुटिरहेका बताए । उनले नेपाली विद्यार्थीलाई यहाँ रेमिटान्स र भिसाको समस्या मुख्य रुपमा रहेको बताउदै यो समस्या समाधानमा पहल गरि दिन मन्त्री यादवलाई आग्रह गरे ।
वर्षेणी हजारौंको संख्यामा नेपाली विद्यार्थीहरु बङ्गलादेश अध्यन गर्न आईरहेको बेला उनीहरुलाई सरकारी छात्रवृत्तिको लोभ लालचन देखाई लाखौं रुपैया ठग्ने गरेको समेत गुनासो गर्दै विद्यार्थीहरुले यहाँ रहेका नेपाली विद्यार्थीको संगठनले आफुहरुले बङ्गलादेशमा नेपाली विद्यार्थीहरुलाई सरकारी कोटाको छात्रवृत्ति उपलब्ध गराएको सामाजिक संजाल मार्फत गलत प्रचार प्रसार गरेर लाखौं रुपैयाँ असुल्ने गरेको आरोप लगाए।
दिनानुदिन नेपाली संगठनहरुका पदाधिकारीले नेपाली विद्यार्थीलाई नै ठगी रहेको व्यहोरा बङ्गलादेशमा रहेको नेपाली राजदूतावासलाई जानकारी भएपनि दुतावासले कुनै ध्यान नदिएको गुनासो नेपाली विद्यार्थीहरुले गरे । उनले झुठो प्रचार र लोभलालचमा पारेर नेपाली विद्यार्थीहरुलाई धोका दिएको भन्दै यसलाई विद्यार्थीलाई बेच्नुको संज्ञा दिएका छन् ।
तीन दिवसिय बङ्गलादेश भ्रमणमा रहेको नेपाल सरकारका उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यादवसँग त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले भेटघाटको क्रममा सो कुराको गुनासो गरेका हुन । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका यादवसँग बंग्लादेशको विभिन्न शरहमा अध्ययनरत नेपाली विद्यार्थीहरुले राजधानी ढाकामा आइतबार मन्त्री यादवसँग भेटघाट गरेको हो ।
मन्त्री यादवसँगको भेटमा नेपाली विद्यार्थीहरुले बंग्लादेशमा भोग्दै आएको समस्याहरुको बारेमा जानकारी गराएका थिए । करिब ७ हजारको हाराहारिमा बङ्गलादेशको विभिन्न सरकारी विश्वविद्यालय तथा निजी कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्यनरत छन् । प्रत्येक वर्ष हजारौँको संख्यामा विद्यार्थीहरु अध्यनको शिलशिलामा नेपालबाट बङ्गलादेश पुग्ने गरेको बताए ।
जवाफमा मन्त्री यादवले यी समस्याहरु समाधान गर्न आफुले पहल गर्ने बताएका थिए । उनले नेपाली विद्यार्थीहरुको समस्या र पीडा आफुले अब राम्ररी बुझेकोले नेपाल गएर पहल गर्ने प्रतिवद्धता जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…