जनकपुरमा फेरी अर्को शंकास्पद वस्तु फेला, जनकपुरमा त्रासै त्रास !!
विद्यालयको पर्खाल छेउमा वस्तु देखेपछि प्रहरीलाई खवर गरे लगतै धनुषा प्रहरी हलचलमा आएका हुन् ।

२०७६ मंसिर ३० सोमबार, बिहान ८:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गएराती ९ बजे एक शंकास्पद वस्तु फेला परेको केही घण्टामै अर्को शंकास्पद वस्तु फेला परेपछि जनकपुरमा त्रासको माहौल बनेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित रहेको सरस्वती नमुना विद्यालय नजिकै शंकास्पद वस्तु फेला परेको हो । वीच बाटोमै शंकास्पद वस्तु फेला परेपछि जनकपुरवासीमा त्रासको माहौल बनेके छ भने सुरक्षाकर्मीलाई चुनौति दिएको छ ।
आईतबार राती ९ बजे जनकपुरको संकटमोचन मन्दिर नजिकै शंकास्पद वस्तु फेला परेपछि रातीदेखि नै त्यहाँका वासीन्दालाई खाली गराइएको छ भने एकाविहानै फेरी त्यसकै केही दुरीमा शंकास्पद वस्तु फेला परेपछि त्रास फैलिएको छ । त्यो सेतो देखिने सँकास्पद वस्तु बम हुन सक्ने आशंका गरिएको छ ।
यता, अहिले त्यहाँ पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर सुरक्षा सतर्कता अपनाएको छ । त्यहाँका स्थानीयलाई खाली गराएको छ भने आवत जावत समेत बन्द गराएको छ । शंकास्पद वस्तु सरस्वति स्कूलदेखी थापाचोक जाने बाटोमा राखिएको हो । विद्यालयको पर्खाल छेउमा वस्तु देखेपछि प्रहरीलाई खवर गरे लगतै धनुषा प्रहरी हलचलमा आएका हुन् ।
गोप्य स्रोतको जानकारी अनुसार आगामी मँसिर ३ गते जनकपुरको बाह्रविघा मैदानमा आयोजना गर्न लागिएको एनसेल मेलालाई लक्षित गरिएको हो । त्यो शंकास्पद वस्तुको पछाडी विप्लव माओवादीको हात हुन सक्ने जनाइएको छ । एनसेल मेलालाई नै लक्षित गरेर त्रास फैलाएको हुन सक्ने अनुमान गरिएको छ । एनसेलले अर्बौको कर सरकारलाई नतिरेको भन्दै विप्लवले यसअघि पनि विभिन्न ठाउँमा बम विस्फोट सहित टावर उडाउने कार्य गर्दै आएको छ ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…