रेष्टुरेन्टमा आगलागी, पाँचको मृत्यु
नयाँ दिल्ली, २४ पुस : दक्षिणी भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ । अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरु सोहीे बारमा कार्यरत कामदार हुन् । रेष्टुरेन्टमा आगो लाग्दा उनीहरु निदाइरहेका बताइएको छ । बि

२०७४ पुस २४ सोमबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

नयाँ दिल्ली, २४ पुस : दक्षिणी भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा सोमबार भएको आगलागीमा परी त्यहाँ कार्यरत पाँच व्यक्तिको मृत्यु भएको समाचार छ ।
अधिकारीहरुका अनुसार सो घटनामा मारिएका व्यक्तिहरु सोहीे बारमा कार्यरत कामदार हुन् । रेष्टुरेन्टमा आगो लाग्दा उनीहरु निदाइरहेका बताइएको छ ।
बिहीबार बिहान सबेरै स्थानीय समयाअनुसार २ः३० बजे कैलाश बार नामक रेष्टुरेन्टमा आगालागी शुरु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
कैयौँ घण्टापछि मात्र आगलागी नियन्त्रणमा लिइएको र जलेका शवलाई शवपरीक्षणका लागि अस्पतालमा लगिएको छ ।
गत हप्ता पनि मुम्बईको कमला मिल्स कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ व्यक्तिको मृत्यु भएको र अन्य २० घाइते भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…