डिभाईस जडान भएको चिल पक्राउ, चिनियाँ गुप्तचरको आशंका !
चिनले नेपाल भारतको सीमामा जासुसी गर्न चिल पठाएको हुन सक्ने अनुमान गरिएको छ ।

२०७६ मंसिर २६ बिहीबार, राति ८:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र (बोर्डर एरिया) मा मेसिन जडान भएको एक चिललाई पक्राउ गरिएको छ ।
भारत विहार राज्यको शिवहर जिल्लामा इलेक्ट्रोनिक्स डिभाइस (मेसिन) जडान गरिएको चिल (बाज) नियन्त्रणमा लिइएको हो । विहारको शिवहर जिल्लामा प्रशिक्षित बाजको आँखामा लेन्स र घाँटीमा ट्रैकिंग डिवाइस जडान गरिएको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय सँचारमाध्यमहरुले उल्लेख गरेको छ । पक्राउ गरिएको चिल जासुस हुन सक्ने आशंका गरिएको छ भने अनुसन्धान पनि थालिएको छ ।
प्रशिक्षित बाज फेला परेपछि विहारको शिवहरमा बाज हेर्न आउनेको भिड लागेको छ । समातिएको बाज वन विभागलाइ जिम्मा लगाइएको छ । नेपालको सीमावर्ती ईलाकामै मेसिन जडित चिल फेला परेपछि अन्य देशको जासुस हुन सक्ने आशंका गरिएको छ । कतिले भारत विरोधी तत्वले यसरीले सुचना लिन पशुपंक्षिको प्रयोग गरेको हुन सक्ने बताउँदै आएको छ ।

पक्राउ गरिएको चिलको शरिरको विभिन्न भागमा विभिन्न मेसिन जडान गरिएको हो । उनको घाँटीमा ट्राकींग डिभाईस, आँखामा लेन्स सहित क्यामेरा सहित जडान गरिएको पाइएको छ । भारत विहारको शिवहर जिल्लाका एसपी संतोष कुमारका अनुसार चिकनौटा गाउँमा प्रशिक्षित चिल देखा परेपछि स्थानियबासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
चिलमा क्यामेरा सहित सोलर प्यानल समेत जडान गरिएको छ । चिलको खुटटामा चिनिया भाषामा केही शब्द लेखिएको हो । चिनियाँ भाषामा लेखिएको देखेपछि चिनियाँ गुप्तचर हुन सक्ने पनि अनुमान गरिएको छ । चिनले नेपाल भारतको सीमामा जासुसी गर्न चिल पठाएको हुन सक्ने अनुमान गरिएको छ । चिल उपर अनुसन्धान थालिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…