साउदी रङ्गशाला महिलाका लागि पनि खुल्ला हुने
रियाद, २४ पुस : साउदी अरबको रंगशाला आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुल्ला गरिने भएको छ । फुटबल प्रतियोगिता हेर्नकालागि पहिलो पटक महिलाहरुलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको सरकारले घोषणा गरेको छ । “साउदी अरबका महिलाहरूले इतिहासमै पहिलो पटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका
२०७४ पुस २४ सोमबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

रियाद, २४ पुस : साउदी अरबको रंगशाला आउदो शुक्रबारदेखि महिलाहरूका लागि पनि खुल्ला गरिने भएको छ ।
फुटबल प्रतियोगिता हेर्नकालागि पहिलो पटक महिलाहरुलाई रंगशालामा प्रवेश खुल्ला गर्न लागिएको सरकारले घोषणा गरेको छ ।
“साउदी अरबका महिलाहरूले इतिहासमै पहिलो पटक रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न पाउने भएका छन् । आउदो शुक्रबार अर्थात् जनवरी १२ का दिन अल अहली र अल बाटीनका बीचमा प्रतिश्पर्धा हुन लागेको छ,” सञ्चार मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
महिलाहरु त्यसपछि हुने दोस्रो खेल र जनवरी १८ मा हुने तेस्रो खेल हेर्न पनि रंगशालामा जान पाउने मन्त्रालयले जनाएको छ ।
प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरूले नयाँ स्वतन्त्रताको पहिलो पटक फाइदा उठाउन पाउने भएका छन् ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेल राजधानी रियादमा हुन लागेको छ भने दोस्रो खेल जेड्डाहको रेड सी र तेस्रो खेल डाम्माममा हुन लागेको हो ।
साउदी अरब संभवतः कतिपय विषयमा महिलाका लागि विश्वमै सवैभन्दा धेरै अनुदार मुलुक मानिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…