बलात्कारीलाई गोली हानेर मारेपछि हैदराबाद प्रहरीलाई महिलाहरुले राखी बाँधे
उनीहरुले आज प्रहरीको यो कदमलाई स्वागत गरेको छ ।

२०७६ मंसिर २० शुक्रबार, बिहान ११:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । एक महिला डाक्टरलाई बलात्कार गरी जलाएका आरोपीहरुलाई हैदराबाद प्रहरीले गोली हानेर मारेपछि त्यहाँका महिलाहरु प्रहरीलाई स्वागत गरेकी छन् ।
गएराती इन्काउण्टर गरेका हैदरावाद प्रहरीलाई त्यहाँका महिलाहरुले महिलाको रक्षकको संज्ञा दिँदै राखी बाँध्नुका साथै पुष्प वर्षा पनि गरी भव्य स्वागत गरेको छ । हैदरावाद इन्काउण्टरपछि प्रहरीको चौतर्फी स्वागत सहित सराहना भईरहेको छ । भारतको तेलँगाना महिलाहरुले प्रहरीलाई राखी बाँधेकी हुन् ।
राखी बाँध्दै त्यहाँका जनताहरुले हैदरावाद प्रहरी जिन्दावादको नारा समेत गुञ्जायमान गरेका छन् । माथिबाट प्रहरी उपर पुष्पवर्षा पनि गरिएको छ भने भारतीय सँचारमाध्यममा अहिले त्यो मुद्दा मात्र देखाइरहेको छ । हैदरावाद प्रहरीको यो कदमलाई देशभरिका जनताले सराहना गरेको छ ।
गत २७ नोभेम्बरको राती एक पशुचिकित्सक डा. प्रियँका रेड्डीलाई ४ जनालाई बलात्कार गरी आगो लगाएका जलाएका थिए भने त्यो घटनापछि भारतीय नागरिकको रिसको सीमा थिएनन् । उनीहरुले आज प्रहरीको यो कदमलाई स्वागत गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…