गैंगरेपका आरोपी चारै जनालाई प्रहरीले गरे 'इन्काउण्टर'
उनीहरुलाई इन्काउण्टर गरेपछि प्रियँकासँग न्याय भएको प्रतिक्रिया भारतका जनताहरु दिएका छन् ।

२०७६ मंसिर २० शुक्रबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको हैदरावादका सामुहिक बलात्कारका चारै जना आरोपीलाई प्रहरीले इन्काउण्टर गरेका छन् ।
बलात्कारको घटनालाई सिन रि क्रिएट (घटनास्थलमा घटनाको दृश्य बनाउन) गर्न लगिएको अवस्थामा चारै जना भाग्न खोज्दा उनीहरुलाई गोली हानेर इन्काउण्टर गरेको हो । भारतको नेश्नल हाइवे–४४ मा क्राईम सिन रिक्रिएट गराउन प्रहरीले उनीहरुलाई घटनास्थल लगेको थियो । प्रहरीका अनुसार, त्यहाँबाट उनीहरुले भाग्न खोज्दा चारैजनालाई इन्काउण्टर गरी ढालेको हो ।
गत २७ नोभेम्बरको राती हैदरावादमा महिला पशु चिकित्सक डा. प्रियँका रेड्डीसँग सामुहिक बलात्कार गरी जिउँदै जलाएको थियो । जलेको अवस्थामा प्रियँकाको शव बेंगलुरु हैदरावाद राष्ट्यि राजमार्गको अन्डरपासको नजिकै भेटाएको थियो ।
भारतीय प्रहरीले यस मामिलामा चारै जना आरोपिलाई पक्राउ गरेको थियो । प्रहरीले आरोपितहरुलाई अदालतमा पनि पेश गरेको थियो जहाँ उनीहरुलाई १४ दिनको हिरासतमा राख्न पठाइएको थियो । त्यसपछि हैदरावाद प्रहरीले थुनुवाको माग गरेकोमा उनीहरुलाई ७ दिनको प्रहरी कस्टडीमा पठाइएको थियो । प्रहरीले उनीहरुलाई सिन रि क्रिएट गर्न लगेका थिए , उनीहरु भाग्न खोज्दा उनीहरुलाई गोली हानेको दाबी गरिएको छ ।
आरोपितहरुले सहयोग गर्ने भावना देखाउँदै प्रियँकालाई सामुहिक बलात्कार गरेका थिए । त्यसपछि घाँटी दबाएर मारेपछि जिउमा आगो लगाएर जलाएका थिए । यस घटनापछि भारतमा आम जनता सडकमा आउँदै उनीहरुको रिस बाहिर आएको थियो । उनीहरुलाई इन्काउण्टर गरेपछि प्रियँकासँग न्याय भएको प्रतिक्रिया भारतका जनताहरु दिएका छन् । हालाकी, यो न्याय नभएको पनि तर्क गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…