अन्तर्राष्ट्रिय स्वम सेवक दिवसमा चित्रकला
सबै मध्येबाट उत्कृष्ट १२ जना स्वम सेवकलाई पुरस्कारको साथै प्रशांसा पत्र प्रदान गरेको आयोजकले जनाएको छन।

२०७६ मंसिर २० शुक्रबार, बिहान ८:४९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । अन्तराष्ट्रिय स्वयमं सेवक दिवसको अवसरमा सर्लाहीमा अन्तरक्रिया तथा चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको ११ औं दिन सर्लाही जिल्लाको सदरमुकाम मंलगवामा समावेशी भविष्यको लागि स्वम सेवक अन्तर्राष्ट्रिय स्वम सेवक दिवसको अवसरमा समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता नारा सहित एक दिने अन्तरक्रिया कार्यक्रम तथा चित्रकला प्रतियोगिता सम्पन्न गएिको हो ।
प्रेरणाको सर्लाही प्रतिनिधि रामचन्द्र चौधरीको अध्यक्षता तथा भि.एस.ओ को जिल्ला प्रतिनिधि देवी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमका सहभागीहरुले स्वेच्छिक ईच्छाले कोही व्यक्ति कुनै पनि तलब तथा सुविधा नलिई संस्थागत वा सामाजिक विकासको कार्यमा सहयोग गर्ने त्यस्तो व्यक्तिलाई स्वम सेवकको रुपमा स्वीकार गरिएको बताएका छन् ।
प्रेरणाका जिल्ला प्रतिनिधि रामचन्द्र चौधरीका अनुसार स्वम सेवक गैर धार्मिक, राजनैतिक, सरकारी र नाफा मुखि हुनुपर्छ। स्वम सेवकको अदानप्रदान धेरै जसो दैवी प्रकोप, जोखिमबाट उद्वार र राहत सामग्री वितरणका लागि विश्व व्यापी अतुलनीय योगदान रहेका छन । कतिपय अवस्थामा सम्पन्न देशहरू विकासोन्मुख देशमा देशमा आफना जनशक्ति स्वम सेवकको रुपमा परिचालन गरेको देखिन्छ।
नेपालमा पनि गत वि.स. २०७२ बैशाख १२ गते शनिबारको दिन आएको भुकम्पमा परेर करिब अन्दाजी १० हजार मानिसहरूको मृत्यु हुनुको साथै करिब २२ हजार गम्भीर घार्इते भएका थिए। त्यस प्रकोपमा पनि नेपालमा चिन, भारत, संयुक्त अधिराज्य बेलायतले भुकम्प पीडितको उद्वार र राहत सामग्री वितरणका लागि आ–आफनो देशको स्वम सेवक परिचालन गरेको उपर प्रकाश पारिएको थियो ।
भुकम्पमा फसेको र घाइते पीडित मानिसहरूको जीवन रक्षाका लागि स्वम सेवकको महत्त्वपूर्ण योगदान रहेका जनाउँदै संसारभर रेडक्रस, संयुक्त राष्ट्र संघ, पिसकोर र भिएसओ लगायतका थुप्रै संस्थाहरु स्वमसेवी भावनालाई संस्थागत गरि स्वम सेवकहरुको परिचालन गरि सामाजिक, आर्थिक, साँस्कृतिक अदान प्रदानको कार्य र विशेष गरि प्रकोपको अवस्थामा राहत र उद्वार कार्य गरिरहेको चौधरीले बताए ।
विगत एकवर्ष देखि प्रेरणाको सहकार्य र भिएसओ को आर्थिक सहयोगमा विधालय शिक्षाबाट बन्चित रहेका किशोरी, अपांग, दलित र सिमान्तकृत समुदायका १० वर्ष भन्दा माथि र १९ वर्ष भन्दा मुनिको कौडैना गाउँपालिका र मंलगवा नगरपालिकाको किशोरीहरुलाई निशुल्क शिक्षा प्रदान गर्दै आएको भिएसओका जिल्ला प्रतिनिधि देवी न्यौपानेले बताइन ।
मंलगवामा नगरपालिकामा ४ सय ५० किशोरी र कौडेना गाउँपालिकामा ४ सय गरि शिक्षाको उज्यालो प्रकाशबाट बन्चित किशोरी, अपांग, दलित र सिमान्तकृत समुदायका गरि ८ सय ५० बालबालिकाहरु लाभान्वित भएको देवीले बताइन् । मंलगवामा नगरपालिकाको सबै वडाहरुमा ७० जना र कौडेना गाउँपालिकाको सबै वाडहरुमा ६८ जना गरि जम्मा १ सय ३८ महिला स्वम सेवक परिचालन गरिएको न्यौपानेले थपिन् ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका सबै महिला स्वम सेविकाहरुलाई समाजमा महिला हिंसा तथा लैङ्गिक हिंसा झल्काउने चित्र कोर्न दिइएको थियो। सबै मध्येबाट उत्कृष्ट १२ जना स्वम सेवकलाई पुरस्कारको साथै प्रशांसा पत्र प्रदान गरेको आयोजकले जनाएको छन।
यस कार्यक्रममा ओरेक नेपालको जिल्ला प्रतिनिधि राजु अधिकारीले महिला हिंसाको परिभाषा, महिला हिंसाको प्रकार, घरेलु सम्बन्ध, घरेलु हिंसाको प्रकार, हिंसामा पर्दा उजुरी सम्बन्धि व्यवस्थाको साथै हिंसामा पर्दा सम्बन्धित निकायको ट्रोल फ्री नम्बर समेटेर छोटो प्रस्तुति प्रस्तुत गरिन्। यस कार्यक्रम सन्चालनका लागि भिएसओ नेपाल, प्रेरणाको साथै ओरेक नेपाल र एच.आइ भन्ने संस्थाले पनि सहकार्य र आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ।
ओरेक नेपालको जिल्ला प्रतिनिधि राजु अधिकारी, दिवानी घिमिरे, मानव अधिकारकर्मी जितेन्द्र कुमार भगत, राधेश्याम कुशवाहाको साथै मंलगवा नगरपालिकाको सबै वडाहरुमा महिला स्वम सेवकको रुपमा क्रियाशिल किशोरी दिदी बहिनी – ठुली दिदीहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…