घुस सहित फेरी एक प्रहरी रँगेहात पक्राउ
उनलाई बुधबार नै पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखाका कार्यालय इटहरीमा अनुसन्धानको लागि राखिएको हो ।

२०७६ मंसिर १९ बिहीबार, दिउँसो १:१२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, विराटनगर । सेवाग्राहीसँग अनावश्यक रुपमा घुस लिँदालिँदै एक जना प्रहरी फेरी पनि पक्राउ परेका छन् ।
सि.आर.भि. केशलियामार्ग विराटनगर मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रँगेहात घुस सहित पक्राउ गरेको हो । सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिई बिभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने प्रयोजनको लागि घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
सेवाग्राहीसँग घुस रिसवत रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं. ६ घाँसचोकबाट पक्राउ गरिएको हो ।
उनलाई बुधबार नै पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखाका कार्यालय इटहरीमा अनुसन्धानको लागि राखिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…